पलांता विवाद समाधान ११ बुदे सहमति

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पलांता गाउँ पालिकामा भएको पार्टी र सरकार विचको सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)जिल्ला समितिको पटक पटकको छलफल पछि शनिबार जिल्ला पार्टी कार्यालयमा भएको छलफलमा ११ बुदे सहमति भएको बताइएको छ । जिल्ला पार्टी कार्यालयमा पलांताका पार्टी कार्यक्रता र सरकारका प्रतिनिधिहरु विचमा भएको छलफलमा पार्टीको निर्देशन अनुसार आफु अगाडी बढ्ने पलांता गाउँ पालिका अध्यक्षले प्रतिवद्धता जनाएपछि सहमति भएको हो ।

सहमतिमा पलांता गाउँ पालिका केन्द्रविन्दु लोडेज्युलाबाट स्थानिय सरकारका काम कार्वाही संचालन गर्ने,पार्टीको निति भित्र सरकार अगाडी बढ्ने, स्थानिय स्तरमा आएका समस्याको समाधान गर्न दुबै पक्ष सहकार्य सहमतिमा अगाडी बढ्ने,जनताका विचमा भएका गतिविधिहरु जनस्तरमा गएर सम्बन्धित पक्षले क्षमा माग्ने लगाएतका सहमति भएको नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीले बताउनु भएको छ ।

यस अघि पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम माथि गरिएको छानविन समितिको प्रतिवेदन माथि दुवै पक्षलाई जानकारी गराएको समेत अध्यक्ष शाहीले बताउनु भएको छ । प्रतिवेदनमा उल्लेख भए बमोजिमका बुंदाहरुमा जनस्तरमा उठेका समस्याको समाधानका लागि सरकारले स्पष्ट पार्ने लगाएतको सहमति भएको बताउदै आगामी दिनमा दुबै पक्ष विच आपसि समझदारीमा अगाडी बढ्ने र जनतामा दुबै पक्ष एक रुपताका साथ जाने वातावरणको सृजना गर्ने सहमतिमा दुबै पक्षले प्रतिवद्धता जनाएका हुन । पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले गाउँ पालिकामा गरेको आर्थिक हिनामिनाको आरोपका बारेमा भने कुनै सहमति नभएको बताइएको छ ।

लामो समय पछिको विवाद समाधान त भयो ? के कति सहमति कार्यन्वयन हुने हो त्यो भने व्यवहारबाट मात्र थाहा हुने नेकपा पलांता गाउँ कमिटि अध्यक्ष विष्णु रोकायाले बताउनु भएको छ ।
पलांति जनताका लागि दुबै पक्ष एक हुनु पर्ने र जनआकांक्षा अनुसार काम गर्नु पर्नेमा स्थानिय नेता तथा कार्यक्रताहरुको चर्काे दवाव आएपछि जिल्ला पार्टीको समन्वयमा सहमति भएको छ ।त्यसलाई कार्यन्वयन गर्न सबै गम्भिर हुनु पर्नेमा जिल्ला पार्टीले विश्वस्त रहेको बताइएको छ ।

पलांता सरकारको काम कार्वाही प्रति बाह्य क्षेत्रबाट पछिल्लो चरण आलोचना हुन थाले पछि सरकारलाई पार्टीले सहयोग नगर्दा सरकार मनोमानि तरिकाले चल्दै आएको आरोप लाग्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित