पचालझरना २ को विवादित मतदान केन्द्रमा माओवादीका करविर कामी तेब्बर मतले विजयी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरा गाउँ पालिकाको वडा न.२मा विवादका बावजुद मतगणना हुंदा माओवादी केन्द्रका करविर कामीको प्यानल विजयी भएको छ ।

उक्त मतदान केन्द्रमा ५८८ मतदाता मध्ये ३१६ मत खसेको र मतगणनामा ५ मत बढि आउरु विवाद भएको भएपनि निर्वाचन कार्यालयले निर्वाचन निर्देशिका बमोजिम अघि बढ्न भने पछि स्थगित भएको मतगणना हुंदा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्धार करविर कामीले १७० मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिद्धन्द्धि नेकपा(एमाले)का टक्क कठायतले २८ मत ल्याएका हुन । करविरे कामी यस अघि पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रका गाउँ पालिका अध्यक्ष देवराज शाहीले १२१३ र उपाध्यक्ष अल्किना बमले १२७१ मत ल्याएर अग्रता रहेको छ भने गठबन्धनका नेपालि कांग्रेसका टेक बोगटी ७६१ र उपाध्यक्षमा एमालेका रण रोकायाले ६५२ मत ल्याएर पछि पछि दौडिरहेका छन ।

माओवादी केन्द्रले पचालझरना गाउँ पालिकाका वडा .१ देखि ४ सम्म प्यानल सहित विजयी हांसिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित