जिम्मेवारी हस्तान्तरण गर्दै पचालझरना पूर्व अध्यक्ष सेजुवाल सहितको टोलिलाई विदाई

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्षमा देवराज शाही निर्वाचित भएपछि औपचारिक रुपमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल विदाइ भएका छन । शुक्रवार गरिएको पुराना जनप्रतिनिधिको विदाई र नवनिर्वाचित जनप्रतिनिधिको स्वागत कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्षको पांच वर्षे कार्यकालमा आफुले राष्ट्रिय रुपमा महत्व राख्ने निणर्य गरेको र सो भन्दा भिन्न योजनाका साथ पचालझरना गाउँ पालिकालाई सम्बृद्धि गर्न नयाँ नेतृत्वले जिम्मेवारी पुरा गर्नेमा आफु विश्वस्त भएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा आयोजित कार्यक्रममा भावुक भएर बोल्दै पूर्व अध्यक्ष सेजुवालले आफुहरुले बांझो जमिन जोत्ने काम गरेको र अवको पांच वर्षमा उक्त जमिनमा खेति लगाउने दायित्व सुम्पेको बताउदै पचालझरना सम्बृद्धिको यात्रामा आफुले निरन्तर साथ दिने बताउनु भएको छ ।

सो कार्यक्रममा उपाध्यक्ष तारा न्यौपाने लगाएत वडा अध्यक्षहरुलाई विदाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित