रास्कोटका युबाले खसालेको ढुङ्गा लाग्दा पचालझरनाका १२ वर्षका बालकको निधन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा नम्बर ९ का एक बालकको निधन भएको छ । रास्कोट नगरपालिका ९ निवासी स्थानीय युवाले खसालेको ढुङ्गा लागेर पचालझरना गाउँ पालिका वडा नम्बर ९  निवासी जैरे तिरुवाका १२ वर्षीय छोरा मान तिरुवाको निधन भएको छ ।आज दिउँस फुगाड खोलामा नुहाउदै गरेको अवस्थामा माथि बाट आएको ढुङ्गा लागेर तिरुवाको टाउकोमा गम्भीर चोट लागेर घटना स्थलमा निधन भएको प्रहरीलाई उदृत गर्दै हाम्रा सहकर्मी केशब शाहिले बताएका छ्न । उनका अनुसार घटनाका सम्बन्ध अहिले इलाका प्रहरी कार्यालय पणेक्षा र जिल्ला प्रहरी कार्यलयबाट अनुसन्धानका लागि टोलि आएको बताइएको छ ।गएराती पचालझरना को तिखाती र रास्कोटको थोल्मका युबाहरु बीच सामान्य बिबाद भएको कारण  सोही कारणले आज योजना बद्व ढुङ्गा खसालेको हुन सक्ने पिडित पक्षको आरोप रहेको छ  । अहिले फुगाड खोलामा पिडित पक्ष,प्रहरी सहितको टोलि पुगेको र घटनाको बारे छानबिन हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित