कालीकोट । पचालझरना गाउँ पालिकाले आगामि वर्ष २०७९।०८०का लागि विभिन्न निकायहरु संग सुझाव लिने भएको छ । पचालझरना गाउँ पालिकाले सर्वदलिय तथा सर्वपक्षिय बैठकबाट सुझाव लिने भएको छ ।
पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा आज आइतवार एक कार्यक्रम मार्फत सुझाव लिन लागिएको गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख विरेन्द्र बमले बताउनु भएको छ । वहाँका अनुसार वजेट सिमा भित्र रहेर सरोकारवाला निकायहरु संगको सुझावका आधारमा बजेट ल्याउने तयारी गरिएको बताइएको छ ।
पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाहीले विगतका योजनालाई कार्यन्वयन गर्न निरन्तरता दिने र शिक्षा,स्वस्थ्य र सडक विद्युतलाई प्राथमिकताका आधारमा राखेर बजेट ल्याउने बताउनु भएको छ । पचालझरना गाउँ पालिकाको आठैं गाउँ सभा अषाढ ९ गते गर्ने बताइएको छ ।
Discussion about this post