रास्कोटमा सुनौलो हजार दिनका आमालाइ कुखुराका अण्डा बितरण,गर्भवती महिला खुशि

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा सुनौलो हजार दिनका आमालाई कुखुराका अण्डा र तरकारीको बीउ बितरण गरिएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही( पोषण )को उपस्थितिमा वडा नम्बर २ सिप्खानामा गर्भवती महिलाहरुलाइ एक/एक क्रेट अण्डा बितरण गरिएको हो । रास्कोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष  धुर्बराज सिमखाडा सहित स्थानीय महिलाहरुको सहभागितामा अण्डा बितरण गरिएको बताइएको छ ।सो कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुर्जा फडेरा,रास्कोट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख जवान सिंह बम लगाएतको उपस्थिति रहेको थियो । त्यसै गरेर रास्कोट नगरपालिका वडा नम्बर १ लहरेलामा घरदैलो ब्यक्तिगत घटना दर्ता शिबिर शुरु भएको बताइएको छ । स्थानिय पन्जिकरण शाखाले घर घरमा पुगेर ब्यक्तिगत घटना दर्ता गरेपछी स्थानीय खुशी भएका छ्न । नगर प्रमुख धर्मराज शाहीले स्थानिय शताब्दी संज्यालको जन्मदर्ता र बयोबृद्व माने तिरुवाको  सासू कार्ड हस्तान्तरण गरेर उक्त कार्यक्रम प्रारम्भ भएको हुकुम शाहिले बताएका छ्न । अब रास्कोटका सबै वडामा ब्यक्तिगत घटना अनलाइन मार्फत हुने भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित