प्रेस युनियन कालीकोट अध्यक्षमा बिष्नु न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट।नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन कालीकोटको अध्यक्षमा बिष्नु न्यौपाने मनोनीत भएका छ्न । युनियनको केन्द्रिय समितिले उनलाइ कालीकोट जिल्लाको अध्यक्षमा चयन गरेको हो ।
यस अघि कालीकोट जिल्ला अध्यक्षका लागि बिबाद हुँदै आएकोमा पार्टी र संगठनले बिष्नु न्यौपानेलाई अध्यक्ष चयन गरेको हो ।दुई वर्ष अघि भएको सम्मेलनमा नवराज योगि र बिष्नु न्यौपानेको समानान्तर कमिटी बनेको बताइएको छ ।
जिल्ला अध्यक्षमा चयन भएपछी अध्यक्ष बिष्नु न्यौपानेले बल्लतल्ल दुई वर्ष पछि न्याय मिलेको बताएका छ्न ।उनले प्रेस संगठन र पार्टीका अग्रज नेताहरुलाइ धन्यवाद समेत दिएका छ्न ।
जिल्लामा लामो समय देखि पत्रकारीता गर्दै आएका न्यौपाने यस अघि गोर्खापत्र,अन्नपूर्ण पोस्ट लगाएतमा काम गर्दै आएका थिए । अहिले अनलाइन संचालन गर्दै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित