पचालझरनाका दुई सय घरपरिवारमा फिल्टर वितरण

7
SHARES
15
VIEWS

कालीकोट,असार ।जिल्लाको पचालझरना गाउँ पालिकामा समुदायलाई स्वच्छ खानेपानिका लागि फिल्टर वितरण गरिएको छ ।

आज एक कार्यक्रमका विच पचालझरना गाउँ पालिका वडा न. ४को राम्नाकोट र लाफाका दुई सय ५ घर धुरीलाई फिल्टर वितरण गरिएको रेडक्रसका प्रतिनिधि विर्ख विकले जानकारी दिनु भएको छ । वडा न. ४का वडा अध्यक्ष अनरुप रोकायाले आफुले वडाका प्रत्येक घरमा वच्छ खानेपानिको पहुंच बढाउने उद्देश्यले फिल्टर वितरण गरेको बताउनु भएको छ ।

स्वच्छ खानेपानिका लागि गाउँ पालिकाले फिल्टर दिएकोमा स्थानिय खुशि भएका छन । फिल्टर लिदै स्थानिय विष्णलाल न्यौपानेले न्युन आय भएका गरिवलाई फिल्टर दिनुले स्वच्छ खानेपानिमा पहुच पुगेको बताउनु भएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज  सेजुवालले समुदायलाई फिल्टर वितरण गर्नु भएको छ । सोही क्रममा बोल्दै  सहि सदुपयोग गर्न आग्रह गर्नु भएको छ । पचालझरना गाउँ पालिकाका सबै वडाहरुमा स्वच्छ खानेपानिका लागि फिल्टर वितरण गर्ने अभियान थालेको गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित