रास्कोटको बजेट ४८ करोड ९२ लाख सार्वजनिक

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८का लागि ४८ करोड ९२ लाख सार्वजनिक गरेको छ । आज बसेको छैटो सभाले सो बजेट सार्वजनिक गरेको हो ।

संघिय सरकारको समानिकरण १० करोड २८ लाख,ससर्त अनुदान १६ करोड ७६ लाख, विशेष अनुदान ३ करोड ७० लाख,समुपुरक अनुदान १ करोड ३५ लाख,३२ करोड र कर्नालि प्रदेशको. समानिकरण अनुदान १ करोड १० लाख छ हजार,ससर्त अनुदान ५० लाख,विशेष अनुदान ४० लाख,समुपुरक अनुदान १ करोड ५० लाख,राजश्व बांडाफांड ५ करोड ९९ लाख ३ हजार ५ सय ६० ,अन्य अनदान ४५ लाख, प्रदेश राजश्व बांडफांड २ लाख ४५ का साथै आन्तरिक आम्दानि ३ करोड बैदेशिक श्रोत २ करोड ५५ लाख,युनिसेफ १ करोड ५० लाख गरी ४८ करोड ९२ लाख ५४ हजार ५ सय ६० बजेट प्रस्तुत भएको हो ।

छैटौ नगरसभाले कृषि,सडक,रोजगार र शहरीकरणमा जोड दिएको छ । त्यसका साथै लालिघाट दुर्घटनामा परेका मृतकका आफन्तलाई ४ जना र एक जना बेपत्ता गरी ५ जनाका घरपरिवारका आफन्तलाई जनहि १० लाखका दरले ५० लाख बजेट विनियोजन गरेको छ । यस वर्ष रास्कोट नगरपालिकाले २हजार जना युवा तथा युवतिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष तर्फ गरी रोजगार दिने जनाइएको छ ।

जिल्लाका तिन नगरपालिका र ६ गाउँ पालिका मध्ये अषाढ ८ गते रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकाले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए भने १० गते मात्र शुभकालिका गाउँ पालिका बाहेक जिल्लाका अन्य स्थानिय तहले बजेट सार्वजनिक गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित