जब मोतिराममा मेयर शाही कक्षा कोठा भित्र पुगेपछी ….

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाका नगर प्रमुख(मेयर)धर्मराज शाहीले शिक्षाको अवस्था बुझ्न विद्यालयको अनुगमन गरेका छ्न । सोमबार रास्कोट नगरपालिकाको वडा नम्बर तिनमा रहेको मोतिराम माध्यमिक विद्यालयको स्थलगत अनुगमन गरेका हुन । जहाँ नगर प्रमुख शाही सहितको शिक्षा शाखा प्रमुख,वडा नम्बर २ का अध्यक्ष धुर्बराज सिमखाडा र अन्य सरोकारवाले बिज्ञान संकाय अध्यापन गर्दै आएको उक्त विद्यालयको अवस्थाको बारेमा बुझ बिस्तार सहित विद्यालयका शिक्षक र  विद्यार्थीसंग अन्तरक्रिया गरिएको बताइएको छ । यस अघि बृहत शैक्षिक गोष्ठी गरेको रास्कोट नगरपालिकाले आज देखि अनुगमन थालेको शिक्षा शाखा स्रोत ब्यक्ती महा प्रसाद बरालले बताए । उनका अनुसार रास्कोटमा भएको बृहत गोष्ठीको निष्कर्ष र स्थानीय स्तरमा भएका समस्यालाइ लिएर शैक्षिक सुधारको रणनीति तय गर्ने बताए । रास्कोट नगरपालिका प्रमुख शाहीले शैक्षिक गुणस्तर कायम गर्न कुनै पनि कमि हुन नदिने बताउदै शिक्षक तथा सरोकारवाला निकायले सहि ढंगले लाग्नु पर्नेमा जोड दिएको बताइएको छ ।मेयर शाहीले कक्षा कोठामै आएर अनुगमन गरेपछी शिक्षामा सुधार आउछकी भन्ने आशा पलाउन थालेको छ ।रास्कोट नगरपालिकाले शुरु गरेको शैक्षिक सुधारको अभियानले जिल्लाका अन्य पालिकामा लागू गर्नु पर्नेमा जोड दिनु पर्ने चर्चा चल्न थालेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित