बाल बिबाह न्यूनीकरण सम्बन्धी बृहत अन्तरक्रिया

7
SHARES
15
VIEWS

कलीकोट ।बालबालिकाका क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपालले बाल बिबाह सम्बन्धि बृहत् अन्तरक्रिया गरेको छ ।

जिल्ला स्थित जनप्रतिनिधि तथा सरोकारवालाहरुको भुमिका बिषयक बृहत् अन्तरक्रिया गरेको हो ।सेभ द चिल्ड्रेन,प्लान नेपाल,हुरुण्डेक नेपाल लगाएतका साझेदार संस्थाहरुको आयोजनामा संचालन भएको कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुख,कार्यकारी प्रमुख,बालबालिका शाखाका प्रमुख,पत्रकार लगाएतका सरोकारवाला प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

बाल बिबाहका घटना बढ्दै गएपछी त्यसलाइ न्यूनीकरण गर्न स्थानीय तहलाइ उत्तरदायी बनाउन कार्यक्रम गरिएको बताइएको छ । आयोजकका अनुसार उक्त कार्यक्रमबाट साझा प्रतिबद्धता गर्ने बताइएको छ । उक्त कार्यक्रममा किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डेले कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए भने वालविवाहको अवस्थाका बारेमा किर्डाक नेपालका वाल संरक्षण अधिकृत बाले विक,सरकारी वकिल कार्यालयका प्रमुख श्रीराम खनाल लगाएतले कानुनि मापदण्डका बारेमा सहजिकरण गरिएको बताइएको छ ।

पुर्ब सांसद तुलराज बिस्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कालीकोटमा अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित