आर्थिक वर्षको शुरुवात मै विकास निर्माणका काममा तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय व्यापक मात्रामा विकास निर्माणको काम समयमै पुरा नहुंदा रकम प्रिज भएर जान थालेपछि आर्थिक वर्षको शुरुवातमै काम संचालन हुन थालेका छन ।जिल्लाको पचालझरना गाउँ पालिकाले विकास निर्माणको कामको पहिलो सम्झौता गर्न आउने उपभोक्ता समितिलाई सम्मान गर्दै सम्झौता शुरु गरेको छ भने रास्कोट नगरपालिकाले प्रदेश तथा संघिय अनुदानबाट विनियोजित बजेट अनुसार कामको शरुवात गरेको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत रास्कोट नगरपालिकाले् वडा न.१,४,८ र ९मा शुरुवात गरेको छ । रास्कोट नगरपालिकाको वडा न. ४मा रहेको वडा कार्यालय देखि रास्कोट अस्पताल सम्मको बाटोको मंगलबार एक कार्यक्रमका विचमा शुभारम्भ गरिएको छ ।त्यसै गरी वडा न. ८मा पनि कामको शुरुवात गरिएको बताइएको छ ।रास्कोट नगरपालिका भित्रका आयोजनाहरुमा यस अघि शुरुवात भएका तर सम्पन्न नभएका कामको स्थलगत अनुगमन पनि शुरु भएको छ । महाबै गाउँ पालिकामा पनि कामको तिव्रता आएको छ । पादमघाट लगाएतका ठाउँमा विद्युतको लाइन विस्तार शुरु भएको छ भने केही वडाहरुमा टान्सर्फर मेसिन ल्याउन शुरु गरिएको छ । वडा अध्यक्ष शिवराज जैसी आफु लागेर टान्सफर्मर मेसिन बोक्न थालेका छन ।उनले एक हप्ता भित्र वडामा अवरुद्ध विद्युत संचालनमा ल्याउन बताएका छन ।

रास्कोट नगरपालिकाले विद्यालयका भवन तथा अन्य कामको गुणस्तर बारे अनुगमन गर्न शुरु गरेको छ । रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही(पोषण)विकास निर्माणका कामका बारेमा अनुगमन गरेका छन । उनले पहिलका कामको अवस्था र आगामि कामका बारेमा कसरी व्यवस्थित र गुणस्तर कायम गर्न सकिन्छ भन्ने बारेमा सरोकारावालाहरु संग बुझविस्तारमा जुटेका हुन ।

नगर प्रमुख शाहीले रास्कोटका हरेक काम नमुना बनाउन आफु लागि पर्ने र अरुबाट सुझाव सल्लाहका आधारमा राम्रो बनाउन लागि पर्ने बताए । पछिल्लो समयमा जनप्रतिनिधिहरुले कामको गुणस्तर कायम गर्न वर्षको अन्तिमबाट काम शुरु गर्ने र काम पनि नहुने उपभोक्ताले गरेको कामको भुक्तानि पनि नपाउने समस्यालाई हल गर्न आर्थिक वर्षको शुरुवातिमा कामको थालनि गरिएको बताइएको छ । रास्कोट नगरपालिका,पचालझरना,पलांता गाउँ पालिका र तिलागुफा नगरपालिकाले अभियानात्मक रुपमा शुरुवात नै गर्न थालेको छ ।

अघिल्लो आर्थिक वर्षका कामको बारेमा बुझ विस्तार गर्द अघि बढेको र आगामि कामको लागि सहजता आउने भएकाले अनुगमन थालिएको पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले बताए । उनले भने विगतका वर्षहरुको समस्यालाई मध्यनजर गर्दै यस वर्ष आर्थिक वर्षको शुरुवातिमा कामको थालनि गरिएको बताए ।

दशै पछि कामको अख्तियारि गरेको भएपनि अहिले कामको थालनि गरेको उनको भनाई रहेको छ । रास्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमका अनुसार अहिले अख्तियारी आएका योजनाहरुको कामको थालनि गरिएको र केही योनाहरुको अख्तियारी दशै पछि आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित