खांडाचक्रले जोड्यो स्मार्ट सेनिटरी प्याड उत्पादन मेसिन

7
SHARES
15
VIEWS

कालीकोट ।खांडाचक्र नगर पालिकाले स्मार्ट सेनिटरी प्याड मेसिन जडान गरेको छ । जिल्लाको सबै भन्दा जेठो विद्यालय पञ्चदेव माध्यमिक विद्यालयमा उक्त मेसिन जडान गरिएको हो । शुक्रबार एक कार्यक्रमका विच नगर उपप्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरेका हुन ।

खांडाचक्र नगरपालिकाले शुरु गरेको शैक्षिक सुधार कार्यक्रम अन्तरगत उक्त मेसिन जडा गरिएको स्वस्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए । उनका अनुसार मर्यादित महिनावारी,हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ शुरु भएको अभियान अन्तरगत पञ्चदेव माध्यमिक विद्यालय मान्ममा स्मार्ट सेनिटरी प्याड भेन्डिङ मेसिन जडान सहित उद्घाटन गरिएको बताइएको छ ।

सो कार्यक्रमको जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक बहादुर महत,प्रशासन शाखा प्रमुख अबिराज शाही, शिक्षा शाखा बलिराज शाही सहितको सहभागितामा शुरु गरिएको बताइएको छ ।

उक्त स्मार्ट सेनिटरी प्याड भेन्डिङ मेसिनबाट महिनाबारी छात्राहरुलाई सहज हुने लक्ष्य लिइएको बताइएको छ । सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख गणेश बहादुर शाहीले स्वस्थ्यलाई ख्याल गर्दै खांडाचक्र नगरपालिकाले शिक्षा जस्तो संबेदनशिल क्षेत्रमा यस कार्यलाई अघि बढाएको बताउदै दिर्घकालिन रुपमा संचालनमा जोड दिन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित