माल्कोटमा कर्नालि सहकारी द्धारा विरुवा वितरण

7
SHARES
15
VIEWS

कालीकोट, असार । जिल्लाको नरहरिनाथा गाउँ पालिकामा सहकारी संस्थाले सदस्यहरुलाइ विरुवा वितरण गरेको छ ।

नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा रहेको कर्नालि कृषि सहकारी संस्था लि.ले शनिवार  कृषक सदस्यहरुलाई विरुवा तिरण गरेको हो ।संस्थाले सदस्यहरुलाई फलफुल तर्फ सुन्तला,कागति,ओखर र टिमुर,बांस।केरा लगाएतका विरुवा सवतरण गरिएको संस्थाका सचिव पदम विकले बताउनु भएको छ ।

सचिव पदम विकका अनुसार कर्नालि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा सहकारी नमुना गाउँ कार्यक्रम अन्तरगत कृषकहरुलाई विरुवा वितरण गरिएको बताइएको छ । सदस्यहरुलाई हरियालि माल्कोट बनाउन र कृषिमा आत्मनिर्भर बनाउन गएको वर्ष मकै,सिमि तथा अन्य अर्गानिक बालिको लागि विउको व्यवस्थापन गरेको सहकारी संस्थाले यस वर्ष पनि फलफुलका विरुवा र अन्य घांसे जातका विरुवा गरेको हो ।

संस्थाले ग्रामिण क्षेत्रमा विरुवा ल्याएर वितरण गरेकोमा संस्थालाई धन्यावद दिदै स्थानिय सृजना शाहीले खुशि व्यक्त गर्नु भएको छ । संस्थाले दिएको विरुवाहरुको संरक्षण नहुंदा खे जाने चिन्ता बढेकोमा गाउँ कार्यपालिका सदस्य देउमल दर्जिले सबैले सदुपयोग गर्नु पर्नेमा जोड दिनु भएको छ । संस्थाले आफैले् भवन निर्माण गरेर कार्यालयको सम्पूर्ण कारोवारहरु सोही स्थानबाट गर्दै आएको छ ।

हाल सो संस्थाले कृषि सम्बन्धि विभिन्न कारोवार गर्दै आएको छ भने माल्कोटमा होम स्टे समेत संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित