असाहय तथा विपन्न वालवालिकाको सारथि बन्दै हिमचुलि

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको सबै भन्दा ठुलो तथा व्यवसासय सहकारी संस्थाको रुपमा स्थापित हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटका ग्रामिण क्षेत्रका असाहय विपन्न वालवालिकाहरुको सारथि बन्न थालेको छ । स सानो देखि जटिल समस्या पर्ने वित्तिकै सहकारीको नाम लिन चलन नै बसेको छ । ग्रामिण क्षेत्रमा महिला समुह मार्फत काम गर्दै आएको सहकारीले विपन्न वालवालिकाहरुलाई सहयोग गर्न थालेपछि आशाको केन्द्र विन्दु बन्ने थालेको छ ।

पछिल्लो समयमा जिल्लाको तिलागुफा नगरपालिकामा हिमचुलि कृषि सहकारी संस्था लि.ले असाहय तथा विपन्न वालवालिकाहरुलाई घर दैलोमा गएर आर्थिक सहयोग गरिएको हो । तिलागुफा नगरपालिकामा हिमचुलि कृषि सहकारी संस्था लि.ले असाहय तथा विपन्न वालवालिकाहरुलाई घर दैलोमा गएर  सहयोग गरेको छ ।

सामाजिक उक्तरदायित्व अन्तरगत शुक्रबार तिलागुफा नगरपालिकाका ४ जना वालवालिकाहरुलाई आर्थिक सहयोग गरिएको हो । । संस्थाका गाल्जे सेवा कार्यालयका व्यवस्थापक गजेन्द्र बहादुर शाहीका अनुसार तिलागुफा नगरपालिकामा ४ जना वालवाललिकाहरु मध्ये ३ जनालाई २ हजारको दरले र एक जनालाई ३ हजार गरी ९ हजार आर्थिक सहयोग गरेको बताउनु भएको छ । वहांले भन्नु भयो तिलागुफा ३का खुट्टा भाचिएका विपिन शाही,खुट्टा भांचिएकी सरिता रावत, तिलागुफा १का हुबै हात भाचिएका भरत बुढा र तिालगुफा ३ निवासि प्यारालाइसेस भएकी लक्ष्मि बोहरालाई सहयोग गरिएको हो ।

घाइते विपिन शाहीको अवस्था गम्भिर रहेको छ भने लक्ष्मि बोहराको काठमाडौंमा उपचार भइरहेको आफन्तले जनाएका छन ।
यस अघि हिमचुलि कृषि सहकारी संस्था लि.ले गुप्तांग कुकुरले टोकेका रास्कोटका अविनास दर्जि,रुखबाट खसेर हात भांचिएकी नरहरिनाथ ५ की माधुरी सहकारी,विपना विष्ट लगाएतलाई सहयोग गर्दै आएको बताइएको छ ।

संस्थाले युवा,बालबालिका र जेष्ठ नागरिकहरुको क्षेत्रमा विशेष कोष खडा गरी सहयोगका कार्यक्रम गर्दै आएको छ । संस्थाका सदस्यहरुलाई जिवन तथा आवास सुरक्षा अन्तरगत घर भत्के,पारिवारिक सदस्यहरुको मृत्यु भएमा राहत दिने गरेको बताउदै महिला समुह मार्फत संचालित कार्यक्रममा बढिमा दुई बच्चा सम्म सुत्केरी खर्च दिदै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।त्यसै गरी प्रत्येक वर्ष संस्थाका शेयर सदस्यहरु मध्ये सबै भन्दा जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।
युवा तथा वालवालिकाहरुको क्षेत्रमा भिडिसेफ नेपाल कालीकोट युवा शसक्तिकरण परियोजना मार्फत युवा उद्यमिबाट आएको आम्दानि र संस्थाले खडा गरेको कोषबाट वालवालिकाहरुलाई सहयोग गर्ने गरिएको समेत बताइएको छ ।

नरहरिनाथ गाउँ पालिकाका छनोट भएका १ दर्जन बालवालिकाहरु सहयोग गर्ने समेत संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित