कालीकोट ।पलाता गाउँ पालिकाले दशैको मुखमा जेष्ठ नागरिकलाइ सम्मान सहित सहयोग गरेको छ । पलाता गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष तिलक बुढाले जेष्ठ नागरिकलाई दशैको कोशेली बितरण गरेका छ्न ।
पलाता गाउँ पालिकाको वडा नम्बर ४ का ७० वर्ष माथिका ५० जनालाइ थर्मोस र सल हस्तान्तरण गरिएको छ । पलाता गाउँ पालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलक बुढाका अनुसार हिउँदको जाडो समयमा बुढाबुढिलाइ तातोपानी खान सहज होस भनेर थर्मोस बितरण गरिएको बताए ।उनले भने ९ जना दिर्घ रोगी बुढाबुढिलाइ न्यानो सल बितरण गरेका छौ ।
जाडो समयमा आफुलाइ तातोपानी चाहिएको समयमा थर्मोसको पानीले राहत दिने जेष्ठ नागरिक जया बुढाले बताए ।बुढाबुढिले यस कार्यका लागि पलाता सरकारलाइ धन्यवाद दिएका छन ।यसै गरी बुढाबुढिको सेवा गर्न पलाता सरकारलाइ आग्रह गरेका छ्न ।बुढाबुढिका लागि गरेको राम्रो कामको स्थानीयले प्रशंसा गरेका छ्न ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले पलाता बासिको हितमा हुने गरेर नमुना काम गर्ने र कुनै पनि कमि हुन नदिने बताएका छ्न ।बिजया दशमिमा जनताको बिचमा रहेर अघि बढ्ने अध्यक्ष रोकायाको भनाइ रहेको छ ।
Discussion about this post