जिल्लाका चार पालिकामा एक साथ माओवादी केन्द्रको कार्यक्रता प्रशिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले जिल्लाका चार पालिकामा एक साथ पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ । यस अघि विस्तारित बैठकले गरेको निणर्य अनुसार जिल्लाको सान्नित्रिवेणि,शुभकालिका र खांडाचक्र नगरपालिकामा पार्टी प्रशिक्षण तथा बैठक गरेको बताइएको छ ।

सान्नित्रिवेणि गाउँ पालिकामा पार्टीका पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभाका उम्मेद्धार महेन्द्र बहादुर शाहीको उपस्थितिमा अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण गरिएको छ भने ,खांडाचक्र नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र कका उम्मेद्धार दुर्ग बहादुर रावत, प्रदेश सचिव धनजित शाहीले प्रशिक्षण दिएका छन ।शुभकालिका गाउँ पालिकामा पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य सर्पराज सिंहको उपस्थितिमा कार्यक्रम गरिएको पार्टी सम्पर्क समन्वय शाखा सह इन्चार्ज महारुद्र आचार्यले बताएका छन ।

जिल्लाभर कात्तिक पहिलो हप्ता भित्र पार्टी प्रशिक्षण तथा विस्तारित बैठकको आयोजना गरिएको नेकपा(माओवादी केन्द्र)ले जनाएको छ । त्यसै गरी जिल्लाको नरहरिनाथ गाउँ पालिकामा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु विकको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य जिवन बुढाको विशेष आतिथ्यतामा पार्टी प्रशिक्षण तथा बैठक सम्पन्न भएको पालिका इन्चार्ज अग्र बहादुर विष्टले बताएका छन ।

जिल्लाभर गठबन्धन दलहरुको तर्फबाट सयुक्त चुनावि कार्यक्रम अघि बढाईने माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित