गैरसकारी संस्थाहरुको समन्वयात्मक गोष्ठि मान्ममा

7
SHARES
15
VIEWS

कालीकोट । गैरसकारी संस्थाहरुले गरेका कामको बारेमा समिक्षात्मक बैठक मान्ममा सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा कालीकोट जिल्लामा गैरसरकारी संस्थाहरुले गरेका कामकार्वाहीका बारेमा छलफल गर्न र आगामि रणनिति तय गर्न समन्वयात्मक बैठक बसेको हो ।

जिल्ला समन्वय प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि सहित जिल्ला स्थित गैरसरकारी संस्थाहरुका प्रमुख प्रतिनिधिहरु विच छलफल भएको बताइएको छ । पछिल्लो समयमा जिल्लामा गैरसरकारी संस्थाहरुले चेतना मुलक तथा शिक्षा र वालवालिकाका क्षेत्रका साथै उद्यम सम्बन्धि काम गर्दा समुदायहरुमा नयाँ खालको विकास शुरु भएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख शाहीले बताएका छन ।

उनले आफ्नो मन्तव्यका क्रममा जिल्लामा बहुआयमिक महत्व राख्ने नमुना योजना बनाई अघि बढ्न निर्देशन दिएको समन्वय प्रमुखका स्वकिय सचिव सद्धन नेपालिले बताए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको बताइएको छ । उक्त कार्यक्रम हुरेण्डेक नेपालको सहिजकरणमा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित