पलाता अध्यक्ष रोकाया सहित पालिका इन्चार्ज भण्डारी घरदैलोमा ब्यस्त

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाले जनभेटघाटलाइ तिब्र पारेको छ ।स्थानीय सरकार र नेकपा(माओवादी केन्द्र)पलाताको सयुक्त टोलिले पलाता गाउँ पालिकाका वडा नम्बर १ देखि ९ सम्म भेटघाट कार्यक्रममा ब्यस्त रहेको बताइएको छ ।
भेटघाटको पहिलो दिन पलाताको पुलाहं,खाडा हुँदै राडुनेटाको टेलीफोन टावरको अनुगमन गरेको पत्रकार धन बहादुर शार्किले बताए । उनका अनुसार बाढिपहिरोले अबरुद्ध नेपाल टेलिकमको टावर सुचारुको पहल गरिएको बताइएको छ ।
त्यसै पलाता २ का फरक क्षमता भएका प्रेम दमाइलाइ आर्थिक सहयोग गरेको बाइएको छ ।आज उक्त टोलिले वडा नम्बर ३/४ गरेर सबै वडामा पुगेर गएको महिना बाढीपहिरोको क्षेतिको अवस्था देखि संचालित योजनाका बारेमा अनुगमनका साथै जनताका समस्यका बारेमा बुझबिस्तार गर्ने अभियानमा सहभागी नेकपा(माओवादी केन्द्र) पलाताका उपाध्यक्ष ऐनराज महताराले बताए ।
जनभेटघाटमा पार्टी र सरकार संगसंगै जांदा प्रभावकारी हुने र निर्वाचन ताका गरेका प्रतिबद्धता पूरा गर्न अभियान थालिएको उपाध्यक्ष महताराले बताएका छ्न ।पलाता गाउँ पालिकामा गएको बाढीपहिरोले ४ वटा वस्ती समेत स्थान्तरण गर्ने पर्ने अवस्था आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित