कालिकोट ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले चालू आर्थिक वर्षमा कुनै पनि बिकाश निर्माणका कामको रकम फिर्ता नजाने बताएका छ्न ।
बिगत वर्षको अनुभवलाई मध्य नजर गर्दै चालू आर्थिक वर्षमा सडक,विद्युत,शिक्षा,स्वास्थ्य र खानेपानीका कामहरु ८० प्रतिशत कार्यसम्पन्न भएको र बाकी काम दुई महिना भित्र हुने भएकाले कुनै पनि बिकासे बजेट फिर्ता नजाने बताए ।
पलाता अध्यक्ष रोकायाले अहिले कामको स्थलगत अनुगमन गरेर अघि बढेको र काममा गुणस्तर कायम भएका योजनाहरुको भुक्तानी दिने प्रक्रिया अघि बढाइएको बताए ।
पलातामा कामको सम्झौता गर्दा स्थानीयको उपस्थिति सहित व्यापक मात्रामा छलफल गरेर मात्र योजना तय हुने भएकाले काममा पनि समुदायको अपनत्व हुने गरेको समेत भएको पलाता गाउँ पालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बमले बताए ।पछिल्लो समय पलातामा बाढिपहिरोले क्षेती पुगाएकाले त्यसको ब्यबस्थापन गर्न गाउँ पालिका लागि परेको बताएको छ ।
Discussion about this post