पलांतामा जनयुद्धका शहिदहरुको सम्झनामा स्तम्भ

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा चलेको जनयुद्धका समयमा १९ जनाले बलिदानिको गरेको पलांता गाउँ पालिकाले शहिदको सम्मानमा स्तम्भ तयार गरेको छ ।गाउँ पालिकाको कार्यालयको कार्यालय रहेको थिर्पुमा १९ जना शहिदहरुको नामावलि सहित शहादत भएको मिति,स्थान समेत उल्लेख गरेको हो ।

उक्त स्तम्भमा वडा न.१बाट २ जना, वडा न.२ बाट २ जना,वडा न.३बाट ३जनाले शहादत प्राप्त गरेको उल्लेख गरिएको छ । त्यसै गरी वडा न.४मा कोही नभएको र वडा न.५मा ३ जना रहेका छन भने वडा न. ६मा छैनन भने वडा न. ७ बाट ३ जना र वडा न.८ बाट ४ जना र वडा न.९मा २ जना गरी जम्मा १९ जना रहेको पलांता गाउँ पालिकाका अध्यक्ष विष्णु रोकायाले बताएका छन ।

पलांता गाउँ पालिकाले जनयुद्धका शहिदहरुका छोराछोरीलाई शहिद आवासिय विद्यालयमा समेत पठन पाठन गरेको र आगामि वर्षमा गाउँ पालिकाको केन्द्रमा शहिद संग्राहालय निर्माण गरिने बताएका छन ।अब जनयुद्धका शहिदहरु साझा शहिद भएको र उनिहरुको सपना पुरा गर्न आफुहरु लागि परेको अध्यक्ष रोकायाको भनाई रहेको छ ।

चालु आर्थिक वर्षको अध्यक्ष कोषबाट रु ४ लाख लगानिमा उक्त स्तम्भ निर्माण गरिएको पलांता गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बमले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित