पचालझरनाको पणेक्षामा भ्यु टावर निर्माण गरिने

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पचालझरना गाउँ पालिकाको केन्द्र विन्दु रहने स्थान पणेक्षामा भ्यु टावर निर्माण हुने भएको छ ।
पचालझरना गाउँ पालिकाको छैंटौं गाउँ सभा मार्फत गाउँ पालिकाको केन्द्र मानिएको पणेक्षाबाट नेपालको अग्लो पचालझरना देखिने स्थानमा भ्यु टावर संचालनमा ल्याउन लागिएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार पचालझरनालाई टाढै बाट हेर्नका लागि पणेक्षाबाट अवलोकन गर्नेहरुका लागि भ्यु टावर मार्फत सहज गर्न लागिएको बताउनु भएको छ ।
उक्त भ्युटावर निर्माण भएपछि पचालझरना गाउँ पालिकाका अन्य पर्यटकिय तथा विभिन्न स्थलहरुको अवलोकन गर्न सहज हुने अध्यक्ष सवालको भनाई रहेको छ ।
पचालझरनामा निर्माण हुने जिल्लाको पहिलो भ्यु टावर हुने बताइएको छ । पचालझरना गाउँ पालिकाले गाउँ पालिकाका दुई स्थानमा शहिद पार्क निर्माण समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित