पचालझरनाको भौनेमा बन्ने भयो खोप केन्द्रको भवन

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकाको सबै भन्दा विकट मानिएको भौने लेकमा भौरा स्मृति खोप केन्द्रको भवन बन्ने भएपछि स्थानियहरु खुशि भएका छन ।

पचालझरना गाउँ पालिका वडा न. १ निवासि देउराम ऐडीले स्वस्थ्य इकाइलाई जग्गा दान दिएपछि भवन बन्न लागेको स्वस्थ्य चौकी सिकुका प्रमुख धर्मराज न्यौपानेले बताउनु भएको हो । वहांँका अनुसार जग्गा अभावमा रोकिएको भवनका लागि आएको बजेट फिर्ता जाने क्रममा जग्गा दान दिनु भएकाले भवनको काम शुरु गर्ने बताउनु भएको छ ।

प्रमुख न्यौपानेले यस वर्ष भवनका लागि ५ लाख बजेट आएको छ सोही रकमबाट शुरु गरिने र आगामी आर्थिक वर्षमा सो भवन संचालनमा ल्याई त्यहांका समुदायलाई स्वस्थ्य सेवा दिने तयारीमा लागेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको वडा न. २ भौनेमा रहेको २ सय ७६ वर्गमिटर जग्गा खोप केन्द्रको नाममा दान गरेको आफन्त बर्म ऐडीले बताउनु भएको छ । ऐडीका अनुसार सो क्षेत्रमा भवन बने पछि स्वस्थ्य सेवाको पहुंचमा वडा न. १, २ र ३का भौने,भंक,सानासैन,पानिकोइराला,डुंग्रि,घरतोलि लगाएतका क्षेत्रमा बस्दै आएका स्थानियहरु लाभान्वित हुने छन । स्वस्थ्य सेवामा पहुंच पुगाउन पचालझरना गाउँ पालिकाले यस वर्ष पचालझरना गाउँ पालिकाका वडा .न २,५,६,८ र ९मा स्वस्थ्य इकाइ भवन संचालनमा ल्याइ स्वस्थ्य सेवा दिइएको छ । यहांका स्थानियहरु खोप लगाउनका लागि तिन घण्टाको दुरी हिंडेर आउनु पर्ने बाध्यतालाइ कम गर्न खोप केन्द्र स्थापना गर्न लागिएको बताइएको छ ।

निर्माण भएका स्वस्थ्य इकाइ भवनका लागि वडा न. ९मा वडा अध्यक्ष जोरे तिरुवाले जग्गा दान दिएका थिए । त्यस्तै अन्य वडाहरुमा जग्गा दान दिएपछि भवन निर्माण भई स्वस्थ्य सेवा दिइएको स्वस्थ्य शाखा पचालझरनाले जानकारी दिएको छ ।

पचालझरना गाउँ पालिकाले पालिका बासिलाई स्वस्थ राख्नका लागि आयुर्वेद औषधोपचार तथा योग शिविर जस्ता कार्यक्रम संचालन गर्ने योजना अगाडी सारेको पचालझरना स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित