तिलागुफामा स्वास्थ्य क्षेत्रमा नयाँ अनुभुती हुने गरी काम गर्छौ-नगर उपप्रमुख शाही

7
SHARES
15
VIEWS

कालिकोट ।तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई अभाब नहुने गरी काम गर्ने बताएका छन ।कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाल्र शुक्रबार आयोजना गरेको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रममा बोल्दै उपप्रमुख शाहिले सो कुरा बताएका हुन ।

उपप्रमुख शाहीले तिलागुफा नगर अस्पतालमा मात्र एम्बुलेन्स भएकाले निकट भबिस्यमा फोइ र चिल्खायामा एम्बुलेन्सको ब्यबस्था गर्ने र सबै नागरिकलाइ गाउँमै स्वास्थ्य परिक्षण गर्न कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला संग सहकार्य भएको बताउदै  जनता संग उपप्रमुख स्वास्थ्य कार्यक्रम अन्तरगत अहिले विशेषज्ञ चिकित्सक मार्फत महिलाहरुलाइ भिडियो एक्सरे देखि स्वास्थ्य जाँच थालिएको बताएका छन ।

सो कार्यक्रममा कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाका डिन प्रोफेसर डाक्टर मिनराज क्षेत्रीले प्रतिस्ठानले तिलागुफाको स्वास्थ्य सुबिधामा निरन्तर लागि पर्ने बताएका छ्न ।प्रतिस्ठानमा अध्ययनरत विद्यार्थीले २१ दिन सम्म स्वास्थ्य क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराएका थिए । प्रतिस्ठानबाट  तिलागुफा नगर पालिकामा ३८ जना विद्यार्थीले स्वास्थ्य सम्बन्धि अनुसन्धानका काम गर्दै आएका छन ।

चालू आर्थिक वर्षका लागि स्वास्थ्य बिमा कार्यक्रममा नगरपालिकाले ५० प्रतिसतको ब्यबस्थापन गरेको बताउदै सबै नागरिकहरुले स्वास्थ्य बिमा गर्नु पर्ने बताइएको छ ।

तिलागुफा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुर्य बहादुर शाहीले तिलागुफा नगरपालिकाले ५० लाख स्वास्थ्य बिमाका लागि बजेट बिनियोजन गरेकोमा १३ लाख ५० हजार रकम मात्र खर्च भएकाले सबै नागरिकको स्वस्थ्य बिमाका लागि कुल ३ हजार ५ सय मध्ये १ हजार ७ सय रकम स्थानीय सरकारले ब्यबस्थापन गर्दै आएको तर समुदायले त्यसको सदुपयोग नगरेको वडाध्यक्ष शाहीले गुनासो गरे  ।

तिलागुफा नगरपालिकामा एक महिना सम्म वडा नम्बर ३,४,९,१० र ११ मा प्रतिस्ठानमा अध्ययनरत विद्यार्थीले स्वास्थ्य सम्बन्धि विवरण संकलन गरेर नगरपालिकालाई बुझाउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित