सहकारी उत्पादनमुखी हुनुपर्छ – अध्यक्ष उप्रेति

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतिले सहकारी संस्था उत्पादन मुखि भएपछि मात्र सदस्य र संस्थाको हितमा कामकरवाही व्यवस्थित हुने बताए।

राष्ट्रिय सहकरी वैंक लिमिटेड सुर्खेतले आयोजना गरेको सहकारीको वर्तमान अवस्था, वित्तीय पहुंच तथा भावि कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उक्त कुरा बताएका हुन । कालीकोट जिल्लाको हिमचुली कृषि सहकारी संस्थाको हलमा भएको उक्त कार्यक्रमका सहभागिहरुले जिल्लामा बैंककाको शाखा विस्तार देखि अहिले देखिएका आर्थिक मन्दि र सहकारीमा देखिएका  समस्याको बारेमा  जिज्ञासा राखेका थिए।

सहभागिले राखेका प्रश्नका जवाफ दिदै अध्यक्ष उप्रेतिले बैंकले दिएको सेवा र कालिकोट मा शाखा विस्तार लाई जोड दिने बताएका छन। सो कार्यक्रममा वैंक को प्रदेश प्रमुख हिरा सनारले सहकारी वैंक २०५८ साल देखि अहिले सम्म गरेका सेवाका वारेमा प्रस्तुति प्रस्तुत गरेका थिए ।

हाल सहकारी वैंक मा देशभर का १५ हजार वढि सहकारीको सहभागितामा वित्तिय सेवा प्रवाह हुदै आएको छ भने ३८ जिल्लाका ६७वटा शाखा रहेको सुर्खेत शाखा प्रवन्धक तथा प्रदेश प्रमुख हिरा सुनार ले वताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा वैंकका पूर्व संचालक हरिहर नाथ योगि लगाएत को वक्ताले कर्नालीमा सहकारीको अवस्था झोलामा रहेर अनुदानको भरमा सिमित रहेका बताएका छन्। सो अन्तरक्रिया कार्यक्रममा ९ जना सहभागिले जिज्ञासा राखेको राष्ट्रिय सहकारी वैंकका संचालक काली बहादुर महताराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित