कालिकोट । पचालझरना गांउ पालिका अध्यक्ष देबराज शाहीले पचाल झरनाको समग्र विकासका लागि सबै संग सहकार्य समन्वय गरेर अघि बढ्ने बताएका छन ।
पचाल झरना गाउँ पालिकाले आयोजना गरेर पूर्व जनप्रतिनीधिहरु संगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस अघिका जनप्रतिनिधि, राजनैतिक दल, सरोकारवाला निकायको सुझाव सल्लाह मार्फत अघि बढेपछि मात्र विकासका काम अघि बढ्ने भएकाले सबैको महत्वपूर्ण सहयोग रहने बताएका हुन।
सो कार्यक्रममा पचालझरना गाउ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विक ले सवै एकजुट भएमा आफूहरुलाई काम गर्न पनि सजिलो हुने र विकासमा तिव्रता आउने बताएका छन्।
पचाल झरनाले आगामी अषाढमा गर्ने गाउँ सभाका लागि सुझाव लिन शुरु गरेको हो।
Discussion about this post