शिक्षक महासंघ अध्यक्षमा शाही सर्वसम्मत

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल शिक्षक महासङ्घ कालीकाेटकाे अध्यक्षमा सुरेन्द्र शाही सर्वसम्मत भएका छन । महासंघको मंगलबार सम्पन्न दाेश्राे जिल्ला अधिवेशनबाट विभिन्न राजनैतिक दल संग आवद्ध शिक्षक संघ संगठनको प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति गठन भएको बताइएको छ ।

पदाधिकारी मध्ये अध्यक्ष सुरेन्द्र शाही नेपाल शिक्षक सङ्घका तर्फबाट सहभागिता रहेको हो भने सहअध्यक्षमा अर्जुन प्रसाद आचार्य (एकिकृत अखिल नेपाल शिक्षक संगठन),उपाध्यक्ष जसमल बाेहरा (नेपाल राष्ट्रिय शिक्षक संगठन ),महिला उपाध्यक्ष ममिता बुढा (महतारा ) (एकिकृत अखिल नेपाल शिक्षक संगठन) सचिव सवराज बम (नेपाल राष्ट्रिय शिक्षक संगठन ),सह-सचिव मीना कार्की (एकिकृत अखिल नेपाल शिक्षक संगठन ) , कोषाध्यक्ष टेक बहादुर वुढा (राष्ट्रिय शिक्षक परिषद ) सहित ४१ सदस्य जिल्ला कार्य समिति सर्वसम्मत भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष कल बहादुर भण्डारीले जानकारी दिएका छन।

उनका अनुसार प्रदेश र राष्ट्रिय परिषदमा सहमति अनुसार सबै संघ संगठनको प्रतिनिधित्व हुने गरी पठाइएको बताए । यस अघि नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्षको जिम्मेवारी लिएकोमा यस पटक शिक्षक संघलाई नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित