कालीकोट ।पलांता गाउँ पालिका वडा न.९का वडा अध्यक्ष मानसिंह बमले आफुले जनता समक्ष गरेका प्रतिवद्धताहरु मध्ये गुणस्तरिय सेवा नै प्राथमिकतमा राखेको बताएका छन । कर्नालि संचार संग कुरा गर्द वडा अध्यक्ष तथा पलांता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बमले गाउँमा व्याप्त भष्ट्राचार मुक्त समाज निर्माण,दिगो विकासका लागि आफुले संघर्ष अघि बढाएको बताए ।
नेपालि कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्धार भएका बमले राज्यले उपलब्ध गराएको श्रोत साधन अनुसार चालु आर्थिक वर्षमा १० लाख बराबर बजेटले स साना योजनाहरु सम्पन्न गरेको बताएका छन । अघिल्लो सरकारले व्यायभार गरेकै कारण पलांतामा योजनाहरुमा अधुरो रहने गरेकाले चालु आर्थिक वर्षको बजेट व्यवस्थापन गरेको बताए ।
पलांता गाउँ पालिकाको एक मात्र १० सैयाको अस्पतालको उचित व्यवस्थापनका लागि निकै संघर्ष गर्नु परेको बताउदै भौतिक संरचनाका निर्माणको क्रममा रहेको बताए ।
साझेदारी सरकारमा पलांता बासिलाई सुरक्षित गास,आवास र स्वस्थ्य शिक्षाको व्यवस्थापनका लागि आफुहरु लागि परेको बताएका छन ।समग्र पलांताका जनतालाई सडकको उचित व्यवस्थापन गर्दै सहज पहुंच कायम गर्नका लागि विशेष जोड दिएको बताउदै छौं ।
Discussion about this post