रास्कोटले माग्यो सम्वृद्धिका लागि सुझाव

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर सरकारले आगामी १२ औं नगर सभाका लागि सुझाव मागेको छ । शनिवार नगरमा रहेका विभिन्न राजनैतिक दल, पूर्व जनप्रतिनिधि तथ सरोकारवाला निकायका प्रतिनिधहरुको उपस्थितीमा सुझाव मागेको हो ।

रास्कोट नगर पालिका प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल, जिल्ला समन्वय सदस्य सुर्जा फडेरा, नेकपा(एमाले)जिल्ला उपाध्यक्ष दयाराम सिमखाडा, नेपाली कांग्रेसका विर फर्साल, नेकपा (माओवादी केन्द्र ) पदम खड्का, विप्लव नेकपाका निल सुनार लगायतका प्रतिनिधि हरुले सुझाव दिदै सबैको साथ लिएर अघि बढ्न अनुरोध गरेका छन।

उक्त सुझाव संकलनमा नगर उपप्रमुख मनिराज बराल, नगर प्रमुख धर्मराज शाहीले “हामी बनाउछौं हाम्रो नगर ” को नारा लाई सफल पार्न सवै नगर वासीले साथ दिन आग्रह गर्दै रचनात्मक सहयोग गर्न आग्रह गरेको पत्रकार टिकाराज उपाध्याय ले जानकारी दिएका छन। जिल्लामा विभिन्न निकायले नगर तथा गाउँ सभाका लागि सुझाव माग क्रम बढेको छ।

आगामी अषाढ १० गते भित्र सबै स्थानीय तहले निति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने निति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित