पलातामा शैक्षिक सामाग्री वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पलाताका वालवालिकालाइ शैक्षिक सामाग्री वितरण गरिएको छ । शिक्षा क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल कालीकोटले पलाँता गाउँपालिकामा शैक्षिक सामाग्री वितरण गरेको हो ।

डेनिस रेडियोको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा सञ्चालन भइरहेको “बालबालिकाहरुलाई सँगै हेरौं परियोजना” अन्तरगत १० वटा विद्यालयहरुका ८० जना बालकालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ।

पलातामा रहेको किर्डाक नेपाल फिल्ड कार्यालय प्रमुख तथा परियोजना संयोजक पदम कठायतका अनुसार विद्यालय पुनः भर्ना गरिएका, एकल महिलाका घरका, आर्थिक अवस्था कमजोर भएका र अपांगता भएका अभिभावकका बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको बताए ।

कठायतका अनुसार कक्षा १ देखी ५ सम्मका ४६ जना बालकालिकाहरुलाई १ वटा झोला, १० वटा कापी, १ दर्जन ड्रईङ्ग कापी र १ दर्जन पेन्सिल वितरण गरिएको बताए ।

त्यसै गरी तिनि बालवालिकालाइ १ दर्जन कलर पेन, १ वटा वर्णमाला, ३ वटा सार्पनर र ३ वटा इरेजर समेत वितरण गरिएको छ भने कक्षा ६ देखी ९ सम्मको बालबालिकाहरुलाई १ वटा झोला, १० वटा कापी, १ दर्जन डट्पेन, १ दर्जन कलर पेन, १ वटा अंग्रेजी–नेपाली–अंग्रेजी डिक्सनरी, १ वटा सामान्यज्ञान र १ सेट ज्यामिति बक्स समेत सामाग्री वितरण गरिएको बताइएको छ ।

पलातामा किर्डाक नेपाल विगत १७ वर्ष देखि शिक्षा, वालवालिका र खानेपानी सम्बन्धि काम गर्दै आएको बताइएको छ।

सामाग्री वितरण कार्यक्रममा पलाँता गाउँपालिका शिक्षा शाखाका प्रमुख कल बहादुर भण्डारी र प्रास लोकेन्द्र कुँवरको सहभागिता रहेको सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित