पलातामा चुनाव ताका गरिएको वाचा पुरा गर्न शुरु भएको छ -अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले निर्वाचन ताका गरिएका वाचाहरु क्रमश पुरा गर्न शुरु भएको वताएका छन। पलाताको वडा नम्बर ५ र ६ को खानेपानी संचालनको  उद्घाटन गर्दै अध्यक्ष रोकायाले सो कुरा बताएका हुन ।

सबै भन्दा बढि खानेपानी  हाहाकार हुने गरेको खिनको वस्तिमा खानेपानी धारा सुचारु भएका छन। पलाता गाउँ पालिका वडा न. ५ र ६ का ५६ घरधुरीमा खानेपानी धारा जडान भएपछि गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले उद्घाटन गरेका छन ।

पलाता गाउँ पालिका र  सुस्वा परियोजना द्वारा ८४ लाख लगानीमा खानेपानी धारा सुचारु भएको खानेपानी उपभोक्ता समिति अध्यक्ष धनसुरे विक ले बताए ।

सो खानेपानी आयोजनाको जिम्मा लिएका उपभोक्ता समिति अध्यक्ष सहितका पदाधिकारीलाई प्रशंसा पत्र द्वारा सम्मान  गरिएको सुस्वाका कार्यक्रम संयोजक धिर भण्डारीले बताएका छन।

पलातामा सुस्वा परियोजनाले खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्दै आएको सहकर्मि धन बहादुर शार्कीले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित