कालिकोट । तिलागुफा नगर पालिकाको वडा न. ८ को ओखरभिटा वाल विवाह निशेधित वडा घोषणा गरिएको छ । वडा नं.८ का वडा अध्यक्ष तिलक न्यौपानेको अध्यक्षता तथा नगर प्रमुख शंकर उपाध्याय र उपप्रमुख महेन्द्र बहादुर शाहीको उपस्थितिमा उक्त घोषणा गरिएको हो।
वडा बासीहरुको उपस्थितिमा भएको वाल विवाह निशेधित वडा घोषणामा सेभ द चिल्ड्रेन , किर्डाक नेपाल कालीकोट , सहयोगी हातहरुको समुह (सहास) नेपाल , भिडिसेफ नेपाल , स्थानिय आमा समुह तथा वाल क्लवहरुको समन्वय र सहजिकरणमा कार्यक्रम गरिएको हो।
सम्पूर्ण वडा बासीले २० वर्ष नपुगी आ आफ्ना वाल वालिकालाई वाल विवाह नगर्ने प्रतिवद्धता जनाएको बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथि शंकर उपाध्याय र विशेष अतिथि महेन्द्र बहादुर शाहीले घोषणा गरिए अनुसार व्यवहारमा लागु गरी आ आफ्ना वाल वालिकाको जिवन परिवर्तन गर्न अनुरोध गर्दै सहजिकरण गर्ने संघ संस्थालाई धन्यवाद दिएका छन।
Discussion about this post