भ्रष्टाचार मुद्धामा आफ्ना पराइ कोही भनिदैन-प्रचण्ड

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भष्टाचार मुद्धामा आफ्नो पार्टी भनेर समर्थन गर्ने अरुका भनेर छानविन गर्ने नभइ जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भएपनि प्रक्रिया अघि बढ्ने वताएका छन।

कर्नाली प्रदेशको सुर्खेतमा आयोजित कर्नाली प्रदेश स्थापना दिवस तथा नेकपा (माओवादी केन्द्र) कर्नाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन । उनले भने देशभरका कर्यौ भष्टाचारका फाइल खोलिन्छन त्यस भित्र जुनसुकै परेपनि छुट नदिने बताए ।

अहिले देशभर भष्टाचार काण्डमा संलग्न माथि कारवाही प्रक्रिया अघि बढाए संगै प्रचण्ड सरकार प्रति जनताको आशा जगाएको छ  ।स्वयंम आफू जेल जान तयार भएको बताएका छन।

नेकपा माओवादी केन्द्रले तिन महिने अभियान संचालन गर्ने र अन्तर पालिका कार्यक्षेत्रमा गई सबै नेता तथा कार्यक्रता हरुलाई २०६४ सालको पार्टी निर्माण गर्न निर्देशन दिदै आफू पनि ७ प्रदेशको ७ वटा वडामा पुग्ने समेत योजना रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित