पलांतामा माओवादी अभियानको पहिलो दिन एमाले लगाएतका दलबाट माओवादीमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । जनता संग माओवादी विशेष रुपान्तरण अभियानको विस्तारित बैठकमा एमाले लगाएतका दलबाट नेता तथा कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

पलांता गाउँ पालिकाको राडुनेटामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश सचिव धनजित शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले निकट शिक्षक दन्त रोकाया,एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधि दलित महिला सदस्य थेच्या विक,नेपालि कांग्रेसबाट बासु बुढा,राप्रपाबाट रविन्द्र शाही लगाएतका नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

नवप्रवेशिलाई प्रदेश सचिव तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले स्वागत गरेका छन । उनले अभियानको शुरुवातमा पलांतामा शुभ साइत भएको बताउदै जिल्लाभर यहि गतिमा अघि बढ्ने बताएका छन ।

सो विस्तारित बैठकमा पार्टीका प्रदेश कमिटि सदस्य सरोज बोगटी,जगत चौलागाई(शिखर),दुर्गा काफ्ले,भानु प्रभात पाण्डे लगाएतका नेताहरु समेत सहभागि भएको पाटी सचिव सर्जन बुढाले बताएका छन । उनका अनुसार पलांता गाउँ कमिटि अध्यक्ष ऐनराज महताराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी गाउँ कमिटि सदस्य,भातृ संगठनका अध्यक्ष लगाएतका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको बताए ।

भोलि भाद्र १६ गते प्रतयेक वडामा अभियान टोलि पुग्ने र अध्यक्ष प्रचण्डले एक साथ सम्बोधन गर्दै अभियानको उद्घाटन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित