पलाता अस्पतालले आफ्नै भवनबाट सेवा दिन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पलांता अस्पतालको सेवा नयाँ भवनबाट शुरु भएको छ । पलांता सरकारले अस्पतालको नाममा जग्गा लिए संगै भौतिक संरचना निर्माण शुरु गरेको गाउँ पालिकाले अषाढ महिनामा निर्माण कार्य सम्पन्न भएपनि हस्तान्तरण पछि स्वस्थ्य सेवा सुचारु गरेको हो ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले औपचारिक उद्घाटन गरे संगै विरामिहरुको उपचार सेवा शुरु भएको पलांता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बमले बताएका छन । उनका अनुसार प्रदेश सरकारको ६० लाख बजेटमा अस्पताल निर्माण गरी आज औपचारिक रुपमा हस्तान्तरण गरिएको बताए ।

यस अघि टहराबाट स्वस्थ्य सेवा दिदै आएको थियो । पहिले भौतिक संरचना निर्माण भएका स्थानको जग्गा अस्पतालको नाममा नरहेको बताइएको छ ।

पलाता सरकारले १० सैयाको अस्पताल टहरामा सेवा दिनु पर्ने बाध्यता बाट हटेको बताउदै आफ्नै भवनमा सेवा दिन पाउदा खुशीको महसुस भएको स्वास्थ्य कर्मिले बताएका छन।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले स्वास्थ्य क्षेत्रका आधारभत आवश्यक्ता पूरा गर्दै व्यावस्थित बन्दै गएको बताएका छन। उक्त अस्पतालको भवन हस्तान्तरणमा गाउँ पालिका उपाध्यक्ष अलैपुरा जैसी हमाल, पलाता अस्पताल व्यावस्थापन समिती अध्यक्ष तथा वडा नम्बर ९का अध्यक्ष मानर्सिंह बम लगाएतको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित