Skip

News Portal

  • रास्कोटका धार्मिक मेला सम्पन्न (तस्विर सहित)

    रुपेन्द्र ऐडी१४ असोज
    ४६७ पटक
    १४ असोज

    नयाँ दिल्ली । कालीकोटको रास्कोटका चर्चित मेला सम्पन्न भएका छन। सप्ताह व्यापी रुपमा असोज ८ गते देखि गुरु भएका मेला शनिवार सम्पन्न भएका छन ।

    साविकको सिपखाना गाविसको ६/२० माडुबाट शुरु भएका स्थानिय पर्व मा धामिले नचडी लगाएर स्थानिय खेलाउडाले देउडा खेल लगाएर रमाइलो गर्ने चलन रहदै आएको छ ।  आरसिपि बजार स्थित गैरामाडु , डाँडमाडु का मेला सम्पन्न भएका हुन । गएको वर्ष झै झगडा भएर नराम्रो हुने गरेको भएपनि यस वर्ष भने शान्त वातावरणमा मेला सम्पन्न भएको बताइएको छ।

    रास्कोट नगर प्रहरी, स्थानिय युवा तथा सवै समुदायकाे साथले मेला शान्त बातावरणमा सफल भएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताए । स्थानीय सरकारले अघि सारेको योजनामा मेला सम्पन्न भएको बताए ।

    रास्कोटको मेलामा स्थानिय भक्तजन हरुलाई  खानेपानी, अस्थायी चर्पि व्यावस्थापन गरिएको बताइएको छ। सो मेलामा स्थानिय देउडा खेल खेलेर महिला र पुरुष विच घम्सा घम्सि खेल भएको थियो ।

    मेला सम्पन्न भएपछि स्थानिय सरकारका प्रमुख धर्मराज शाही, राजनितिक दलक नेताहरुका साथै नगर प्रहरीले जथाभावी रुपमा फालिएको फोहोर व्यावस्थापन गरेको नगर प्रहरी प्रमुख धन बहादुर शाहीलाइ उदृत गर्दै पत्रकार टिका उपाध्यायले बताए ।

    प्रतिकृया दिनुहोस्