कालीकोट स्वास्थ्यले गर्‍यो अन्तरक्रिया,पुरा हुन नसकेका सुचक पूर्ण गर्ने प्रतिवद्धता

7
SHARES
15
VIEWS

कालीकोट । स्वास्थ्य सेवा कार्यालय कालीकोटले गएको आर्थिक वर्षमा गरेका कामको प्रगति प्रस्तुत गरेको छ । असोज १३ र १४ गते सम्पन्न  वार्षिक समिक्षा पछि स्वास्थ्य क्षेत्रमा  पछिल्लो समयमा सेवा प्रभावकारी रुपमा कार्यन्वयन गरेको विवरण सार्वजनिक गरेको छ ।

स्वास्थ्य कार्यलय कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा.संकेत बिश्वकर्माले जिल्लामा  बर्थिङ सेन्टर,क्षयरोग डट्स सेन्टर,सुरक्षित गर्भपतन सेवा केन्द्र लगायतका सेवाहरूबारे जानकारी गराउदै  आगाम। दिनमा थप व्यवस्थित गर्दै अघि बढ्ने बताएका छन । त्यसैगरी स्वास्थ्य सेवा व्यवस्थापक संकेत विकले आर्थिक वर्ष २०७९/२०८० मा ५७ दशमलव ६१ प्रतिशत वजेट खर्च भएको र आगामी दिनमा थप जोड दिने बताएका छन।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महत, तथ्यांक अधिकृत लंक बम, कार्यक्रम फाेकल ब्याक्ति हेमराज बम लगायतका स्वास्थ्यकर्मी र पत्रकार हरूकाे सहभागीता रहेकाे थियाे ।

उक्त कार्यक्रममा जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ८० प्रतिशत पुगाउने , आवश्यक जनशक्ती व्यवस्थापन गर्ने , शिसु मृत्युदर घटाउने तथा स्वास्थ्य विमा कार्यक्रम समेत व्यवस्थित गरिन बताइएको छ ।

संस्थागत सुत्केरिलाई ८० प्रतिशत पुराउने लगायतका गत वर्षमा गरिएका प्रतिवद्वता अधिकास लक्ष्य अनुसार पुरा हुदै गएकाे डाक्टर बिश्वकर्माले बताए ।स्वास्थ्य सेवा कार्यालयमा दरबन्दि अनुसार स्वास्थ्यकर्मी नभएकाे बताए । कार्यालयमा ९ वटा पद रिक्त रहेकाे उनकाे भनाई छ ।यस्तै डाक्टर बिश्वर्कमाले ५७. ६१ प्रतिशत वजेट खर्च भएकाे,पाेषण कार्यक्रम हुदै गएकाे भाैतिक संरचना र जनशक्ति अनुसार अस्पतालकाे सेवा प्रभावकारी संगै मात्रृ शिसु मृत्युदर घट्दै गएकाे तथ्यांकमा राखेकाे छ ।
जिल्लामा परिवार नियाेजन ,समुदाय स्तरमा हुने कार्यक्रम नियमित संचालन तथा  सामुदायिक स्वास्थ्य सेवा प्रवाह गरिएको स्वास्थ्य कार्यलय कालीकोटका सुचना अधिकारी कटक महतले जानकारी दिएका छन। उनका अनुसार वार्षिक समिक्षामा सुचक पूरा गर्ने स्थानिय तहलाई पुरुस्कृत गरेर सम्मान गरिएको बताउदै स्वास्थ्य सेवा प्रवाहमा सुधार हुदै गएको वताए। यसका लागि जिल्लाका सरोकारावालाका साथै स्वास्थ्य कर्मिको अथक प्रयास पछि सफलता भएको वताए।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले राखेका जिज्ञासाको डा. संकेत विकले जवाफ दिनुका साथै स्वास्थ्य सम्बन्धि सकरात्मक सन्देश प्रवाह गर्न अनुरोध गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित