कालीकोटको सिस्नेगडामा जिप दुर्घटना चालकको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । बाजुरा बाट कालीकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ग १ ज ५७९५ नम्बर को जिप दुर्घटना हँदा रास्कोट नगर पालिका ७ निवासी हाल कैलाली बस्दै आएका चालक सक्कल बहादुर शाहीको घटनास्थलमा मृत्यु भएको लालिघाट टिकट काउन्टरका चरित्र विष्टले बताएका छन।

आफ्नै जिप चलाउदै आएका शाहीको साथमा यात्रु नभएको र जिप करिव ३५ मिटर तल खसेको बताइएको छ । के कति कारणले जीप दुर्घटना भएको हो भन्ने बारेमा विवरण वुझ्न प्रहरी घटनास्थलमा पुगेको बताइएको छ। घटना विहान ३ बजेको समयमा भएको स्थानियको भनाई छ।

दुर्घटनाका बारेमा प्रहरीले थप वुझ विस्तार गर्ने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

चालक मृतक सक्कल शाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित