काठमाडौं । सरकारले भुकम्पबाट घाइतेहरुको निशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको निणर्यले राहत र उद्धारमा सबै निकायलाई परिचालन गर्ने र आवश्यक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषदको निणर्यले रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितहरुको तत्काल राहतको कार्यक्रम संचालन गर्ने र सबै घाईतेको उपचारका लागि सरकार लागि पर्ने र निशुल्क उपचारको प्रबन्ध मिलाउने भएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा राहत र सहयोगका लागि एक द्धार प्रणालिबाट सहयोग गर्न सरकारले निर्देशन दिएको छ ।
Discussion about this post