कालीकोट । पचालझरनाको राम्नाकोट स्वस्थ्य चौकीमा दुई दिने स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । मंसिर ११ र १२ गते पचालझरना गाउँ पालिकाको वडा न.४ स्थित राम्नाकोट स्वास्थ्य चौकी जारकोटमा शिविर संचालन हुने जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँ पालिकाको समन्वयमा उक्त शिविर संचालन हुने स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
उक्त शिविरमा स्त्रि तथा प्रसुनि सेवा,परिवार नियोजन,दन्त रोग,आंखाको उपचार,क्षयरोग,मनोसामाजिक परामर्श,एचआइभि एड्स तथा यौन रोग, भिडियो एक्सरे लगाएतका सेवा दिइने बताइएको छ ।
पचाझरना गाउँ पालिकाको स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र संज्यालका अनुसार उत्तः शिविरबाट पचालझरना गाउँ पालिकाका समुदायले सेवा लिन आग्रह गरेको बताएका छन । यस अघि पनि शाखाले स्वास्थ्य शिविर संचालन गरेको थियो ।
Discussion about this post