प्रहरीको अनुमति लिएर सीमा वारिपारि भेटघाट तिव्र

7
SHARES
15
VIEWS

रुपन्देही,असार । कोरोनाभाइरसको महामारीका कारण सीमा बन्द भएपछि आफन्त भेट गर्न नपाएका नेपाल र भारतका नागरिक प्रहरीको अनुमति लिएर दशगजा क्षेत्रमा भेट हुने गरेका छन्। यसरी भेट्दा १० देखि १५ फुटको दूरी राखेर सीमास्तम्भ वारि र पारि उभिइ कुरा गर्छन्।

रुपन्देहीको रोहिणिहवा गाउँपालिका-२ मैनैहवाका स्थानीय काँग्रेस हरिजनको घर दशगजासंगै जोडिएको छ। उनकी फुफूको घर भारतको महाराजगञ्ज जिल्लास्थित धरौहरा गाउँमा पर्छ। बन्दाबन्दी घोषणासँगै दुवै देशको सीमा सिल भएपछि उनले फुपूसँग भेट गर्न नपाएको तीन महिनाभन्दा बढी भइसकेको थियो।

गएको २१ असारमा उनले दशगजा क्षेत्रमा फुपूसँग भेट गरे। एकअर्कालाई प्रत्यक्ष देखादेख गर्ने मौका मिल्यो। उनी भन्छन्, “भारतबाट यता आउने अनुमति छैन। यताबाट पनि पारि जान प्रहरीले दिँदैन। उहाँहरुको (प्रहरीको) स्वीकृति लिएर दशगजामा भेट्छौं। अहिले उता आफन्त हुने सबैले यसै गरेका छन्।”

सीमा बन्द भएपछि आफन्त भेट गर्न नपाएका नेपाल र भारतका नागरिक प्रहरीको अनुमति लिएर दशगजामा भेट हुने गरेका छन्। यसरी भेट हुनेहरुलाई नजिक जाने अनुमति छैन। काँग्रेस हरिजनका अनुसार सीमा क्षेत्रमा घर हुनेका आफन्तहरु नेपाल र भारत दुवैतिर छन्। भेटघाट गर्दा दशगजा नाघेर अर्को देशमा जान भने पाइँदैन।

मैनैहवाका रुदल हरिजनले पनि आफ्ना आफन्तसंग दशगजामा भेटघाट गरेका छन्। उनी भन्छन्, “भारततर्फ जाँदा भारतीय प्रहरीले क्वारेन्टाइनमा राख्छन्। उता गएकालाई नेपाल प्रहरीले फेरि फर्कन दिँदैन। फर्कन चाहे क्वारेन्टिनमा बस्नुपर्छ। त्यसकारण दशगजामा भेट गर्नुपरेको छ।”

नेपालतर्फको सीमा क्षेत्रमा हरेक १०० मिटरको फरकमा सशस्त्र प्रहरीले पोष्ट राखेको छ।

सीमा कटेर रोपाइँ गर्न छुट

सीमा क्षेत्रमा केही स्थानीयहरुको घर र खेत वारि र पारि पर्छ। भारतमा घर र नेपालतर्फ खेत हुनेहरुका लागि नेपाली सुरक्षाकर्मीले रोपाइँ गर्न आउन छुट दिएको छ। उनीहरुले नेपाल आएर रोपाइँ गरिसकेका छन् ।

मैनैहवामा खेत भएका भारतीय नागरिक ओमप्रकाश यादव, तितिल यादव, गजाधर यादव, नाथु यादव, हरीराम हरिजन, श्रीराम हरिजन लगायतले नेपाल आएर रोपाइँ सकेका हुन्। खेतमा काम भएको दिन नेपाल आएर त्यही दिन भारत फर्कनुपर्ने नियम बनाइएको छ।

स्थानीय रुदल हरिजनका अनुसार नेपाल भारतको सीमा निर्धारण हुँदा नै केही व्यक्तिको घर भारतमा परेको छ भने जग्गा जमिन नेपालमा। केही नेपालीको पनि जग्गा भारतमा पर्छ। भारतमा खेती हुने नेपालीले पनि रोपाइँ सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित