पूर्व सहकारी रजिष्ट्रार पराजुली विरुद्ध पक्राउ पूर्जी

7
SHARES
15
VIEWS

पोखरा । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि उनीविरुद्ध पक्राउपूर्जी जारी भएको हो।

पक्राउ पूर्जी जारी भएपछि पराजुली सम्पर्क विहीन भएका छन्। उनी हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यहि अवधिमा मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले घुस लिएको सहकारी सञ्चालकको बयानमा खुलेको छ।

सञ्चालकले दिएको बयानका आधारमा छानबिन हुँदा पराजुलीले रकम लिएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा पराजुलीले १ करोड ५ लाख रुपैयाँ उनले लिएको पाइएको छ।

मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन्। यो प्रकरणमा पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार छन्।

फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। मित्रमिलन सहकारीको ७४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका छन्। उनीहरुको २० करोडको हाराहारीमा दाबी गरेका छन्।

साभार : सहकारी खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित