पार्टी एकता कायम राख्न अनेरास्ववियुको दवाव ¥यालि

7
SHARES
15
VIEWS

कालीकोट,असार ।कालीकोटमा आजलाई हैन भोलिलाई व्यक्तिलाई हैन विधिलाई भन्ने मुलनाराका साथ अनेरास्ववियु कालीकोटले दवाव ¥यालि गरेको छ ।

सदरमुकाम मान्ममा अनेरास्ववियुले तत्कालिन नेकपा(एमाले)र नेकपा(माओवादी) विचको पार्टी एकता कायम राख्नका लागि नेताहरुलाई दवाव दिन प्रदर्शन गरिएको बताइएको छ ।

जिल्ला संयोजक मनसिंह शाहीले व्यक्तिलाई समर्थन गर्ने वा नगर्ने भन्दा पनि पार्टी एकतालाई बचाइ राख्नु आजको आवश्यक्ता भएको बताउदै नेताहरुलाई दवावको लागि कार्यक्रम गरेका हौं यो कसैलाई होच्याउने नभई पार्टी एकताको मुल मर्मलाई बुझेर अगाडि बढ्न सहयोग मिल्ने बताउनु भएको छ ।

¥यालि पछिको कार्यक्रममा सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय सदस्य भिम प्रसाद आचार्यले संगठनले व्यक्तिको पछि लागेर विरोध वा समर्थन भन्दा पनि पार्टी एकतालाई कायम राखेर नेपालि जनताले आशा र अपेक्षा गरेको समाजवाद उन्मुख राष्ट निर्माणका लागि सहयोग पुग्ने हेतुले कार्यक्रम गरिएको बताएका छन ।

कार्यक्रमा पार्टीमा उत्पन्न विवाद समाधान गरौं,एकता कायम गरौं जस्ता नारा लगाइएको थियो ।
बुुधबार अनेरास्ववियुको नाममा प्रधानमन्त्रिको समर्थनमा भएको प्रदर्शन संगठनको आधिकारिक नभएको अनेरास्ववियुले जनाएको छ । कार्यक्रमा  अनेरास्ववियुका  लक्ष्मण शाही लगाएतका नेताहरुले सम्बोधन गरेका छन ।

कोण सभा मार्फत खवदारी दिएको अनेरास्ववियु कालीकोटले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला पार्टी मार्फत केन्द्रिय कार्यालयमा पार्टी एकता कायम राख्न ज्ञापन पत्र समेत बुझाइएको छ । नेकपा कालीकोटका अध्यक्ष धनजित शाही मार्फत नेकपा केन्द्रिय कार्यालयमा पुग्ने गरी अनेरास्ववियु कालीकोटले ज्ञापन पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित