युवा भनेका विश्वका सुन्दररुपी बगैंचाका सुन्दर  फुल हौं – लक्ष्मि भटराई

7
SHARES
15
VIEWS

आधा दुःख गलत मानिस संग भरोसा राख्दा हुन्छ, बाकी दुःख सत्यमानिस माथि संसय गर्दा हुन्छ भन्ने महान दार्शनिक अज्ञातको भनाईलाई आत्मासाथ गर्दै यतिबेला हाम्रो समाज परिवार र देश झुट कपट र बेइमानीहरुको फोहोरी राजनीतिले गर्दा थिलो थिलो र आक्रान्त भईरहेको छ । यो संबेदनशिल घडीमा हामी युवाहरु फेरी पनि पलायन र अनेकता भएर झुट मानिसहरुको इसारामा चल्ने हो भने जो अहिले विश्व मानवले कल्पना गरेको सुन्दर समाज हामी पुग्न सक्दैनौ ।

त्यसैले अब हामी युवा कोहौं ? हाम्रो काम कर्तब्य के हो ? कस्ता मानिस संग भरोसा गर्ने ? सत्य के हो ? झुट के हो ? झुटले मानिसलाई कता लैजादै छ ? के कुरा खाने ? के कुरा नखाने ? के पढ्ने के नपढ्ने ? इत्यादी प्रश्नहरु हामी युवाहरुका अगाडी तेर्सिएका छन् । यी प्रश्नहरुको उत्तर यो समाजलाई हामीले ब्यक्तिगत स्वार्थ र दलिय राजनीतिको चक्रब्यु तोडेर दिन सकेनौं भने भविश्यका पुस्ताहरुले हामीलाई धिकार्ने छन् । अब हाम्रो अगाडी उब्जिएका जबर्जस्त यि प्रश्नहरुको उत्तर दिनु हामी युवाहरु कै कर्तब्य हो । हामी युवाहरु कति पढेका छौं । त्यो प्रमुख कुरा होइन आचरण र संस्कारमा कति इमान्दार छौं र हामीले हाम्रो घर परिवार र समाजका निम्ती कति जिम्मेवारी पुरा गर्न अथवा योगदान यानकी समय दिन सक्यौं या सकेनौं । त्यो प्रमुख कुरा हो ।

हामी कति सजावटी छौं या बनावटी भएका छौं भन्ने महत्वपूर्ण कुरा हो ।
महात्मा गान्धी संग हिड्ने एक पण्डित सुखलाल भन्ने ब्यक्तिले भन्नु भएछ अढाई मन, बुद्धि लिएर हिड्नु भन्दा अढाई सय ग्राम आचरणमा रहनु श्रेयस्कर छ । यो जुन भनाई छ यसले हाम्रो अहिलेका हामी पढेलेखेका युवा भन्नेहरुको लागि अत्यन्तै चनुौति नै बन्न पुगेको छ । अथवा हाम्रो आचरण बानि कस्तो बनाउने भन्ने एउटा शिक्षा कै रुपमा लिनपर्ने देखिन्छ ।हाम्रो आचरण र बानि कस्तो बनाउने भन्ने एउटा बाणी नै बनेको छ । हाम्रो आचरण र बानी ब्यहोरा भनेकै जिवन जिउने र जिवनमा केही प्रगति गर्ने पहिलो खुट्कीला नै हो ।

हाम्रो सस्कार जिवन जिउने एक कला हो । अहिलेको परिवेसमा हामी केही युवाहरुले अझै हाम्रो युवा र युवती पन् के हो ? भन्ने बुझ्न सकिरहेका छैनौं । युवा र युवती पन भनेको फेसन र बेसन हो भन्ने बुझाई राखेका छौं र यसैमा आज हाम्रो उमेर विताईरहेका छौं । सबै भन्दा खतरनाक रोग भनेकै यही हो । हाम्रो आचरण संस्कार र ज्ञान र विनम्रताले नै कल्पना नगरेको सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको पनि महसुस गर्न सकिरहेका छैनौं । झुक्नु भनेको हार र कमजोर भएको महसुस गरिरहेका हुन्छौं । हृदय जसको विशाल हुन्छ । उ आफ्नो लक्ष्यको उचाईमा पुगेको हुन्छ भन्ने कुराको हेक्का गर्दैनौं । तर हिजो आज हामी केही युवा साथीहरुले शरीर र संस्कार सुकाएका छौं, अस्तित्व सबै लुकाएका छौं । कु सस्कारमा गएर डुबुल्की मारेका छौं । नसुघ्ने नसा सुघेका छौं । नगर्ने कुरा गरेका छौं, बुढा बुढी बालबच्चा र घरपरिवारलाई ठूगेका छौं । रक्सी भट्टी, जुवातासको आहालमा पुगेका छौं । हामी पढेका हौं की सढेका हौं । आफुले आफैलाई चिन्न सकिरहेका छैनौं । लिहिको पैन्ट शरिरका चाक मुनी लगाएर हिडेका छौं । नदेखाउनु पर्ने अंग देखाएका छौं । देखाउनु पर्ने अंग लुकाएका छौं । ऋण जोखो गरेर कपडा र शरिरमा सेन्ट हानेका छौं । धुम्रपान, मध्यपान, गुट्खा, पान सपुारी, भागो धतुरो चरेस जस्ता नसाजन्य पदार्थ
सेवनको लतमा नराम्ररी फसेका छौं । यसलाई नैं मुख्य आहार बनाएर हिडेका छौं । हाम्रो फुर्ति मुखमा सुर्ति गरिरहेका छौं । कोही चेली बाटोमा हिडेको देख्यौं भने क्या च्वाक छ यार भनेका छौं । के हामी युवाको काम कर्तब्य त्यही हो ? के हामी यो
जगतका असल युवा बन्यौं त ? हामी भनेको त विउ भित्र लुकेका बृक्ष पानी भित्र लुकेका नुन, दुध मित्र लुकेका लौनी (घिउ) होइनौं र ? अब हाम्रो अगाडी गम्भिर चुनौंतीहरु खडा भएका छन् । यो चुनौंतीको सामना हामीले हाम्रै पालामा गर्न
सकेनौं भने भाविका पुस्ताले पाउन दुःख पाउने छन् ।
स्वास्थ्य सबै भन्दा ठूलो उपहार हो, सन्तोष सबैं भन्दा ठूलो धन हो । बफादारी सबैभन्दा ठूलो सम्बन्ध हो । शरीरलाई स्वस्थ राख्नको लागि आहार सही खानु पर्छ । नखाने चिज त्याग्नु पर्छ । जुन हामी संग उपलब्ध छ । त्यसमा सन्तुष्ट भएर
हाम्रो मनलाई सान्त पार्नु र जुन कुरा बोल्छौं र त्यही काम गरेर बफादारी बनि एक अर्का संगको सम्बन्धलाई सुदृढ पार्न सक्नु नै हामी युवाहरु मुख्य उद्देश्य हो भन्ने कुराको हेक्का राख्नु पथ्र्यो । कहिलेकाही विस्तरामा पल्टिएको समयमा उ बेलाका युवाहरुले गरेको बहादुरीताको त्यो गहकिलो इतिहासको अध्ययन गर्दा हामीले राष्ट्र र राष्ट्रियताको लागि के ग¥यौं त ? भन्ने प्रश्न उठिरहन्छ । विश्व सर्बहाराका महान गुरु माक्र्सले भन्नु भएको छ जिते संसार छ हारे भने केही पनि छैन । सत्य र न्याय प्राप्तीको लागि विश्वका युवाहरुलाई उ समयमै आवाहान गरिसक्नु भएको थियो । त्यस्तै चिनिया क्रान्तिका नायक कामरेड माओले युवाहरुलाई लक्षित गरी यो संसार तिमिहरुको पनि हो हाम्रो पनि हो तर अन्तमा मितिहरुकै हो भन्नु भएको छ ।

उक्त भनाईलाई न्याय सत्य प्राप्तीका लागि जति सफल क्रान्ति भए ति सबै युवा हरुकै सक्रियताले भएको देखिन्छ । तर अहिले नेपालको अस्थिर राजनीति र राजनीति गर्ने मुठ्ठीभरका केही नेतामा नाताबाद, कृपावाद, परिवारवाद, पलायनबादका कारणले सोझा सिधा र क्षमतावान युवाहरुमा ठूलो निरासा उत्पन्न भएको छ । जसका कारणले लगभग ८० लाख युवाहरु विदेशी भुमिमा सस्तो श्रम बेच्न बाध्य भएका छन् । यो कुनैपनि स्वाभिमान राष्ट्रको हितमा हुदैन । यसको समस्या समाधानको लागि नेपालको सरकारले दिर्घकालिन योजना तर्जुमा गर्नु अबको विकल्प देखिन्छ ।
युवा भन्ने वित्तिकै १८ बर्ष भन्दा माथिका र ४० बर्ष भन्दा मुनिका मानिसहरुलाई नेपाली समाजले चिन्दै आएको छ । हो ? यही विचका घर समाज र देशका भरलाग्दा मानिस भनेका नै हामी युवा हौं । अब हाम्रो परिवार समाज र देश कस्तो बनाउने भन्ने अभिभारा पनि हाम्रै हो । यसलाई कसैले दुत्कार्न सक्दैन हामी यवुा भनेका परिवार घर समाज र देशकै अनमोल पुँजी हौं । यसमा हामीले आफैलाई भाग्यमानी सम्झिनु पर्दछ ।

हामीहरुको नसा–नसामा र रगतका थोपाथोपामा परिवर्तनका नविन उर्जाहरु हुन्छन् । युवा यो जगतका सानमान र सम्मान हौं । एक असल युवा निर्माण हुनु यो जगत परिवार र समाजको शिर उचो रहनुहो । हामी युवा भनेका संसारको सुन्दररुपी बगैचाका सुन्दर  फुल हौं । यो सुन्दर बगैचाका सुन्दर फूलमा बच्चादेखि बृद्धा, चोर देखि सादु, राष्ट्र प्रमुख देखि सर्बसाधारणको आखाँमा आक्रषणको केन्द्रविन्दु बनिरहेका हुन्छौं । त्यसैले अहिले सम्म हाम्रो देश नेपाल र समाजमा जे जति राजनीतिक आर्थिक सामाजिक सास्कृतिक र प्रबृतिमा परिवर्तन भयो त्यो
सबै हामी जस्ता युवाहरुकै कारणले भएको छ । हामी धेरै निरासा हुनुपर्ने कारण छैन । धिर विर र गम्भिर हासिलो जोसिलो, रसिलो र जागरिलो हुनु आवश्यक छ ।
राष्ट्रको सम्पती दोहन गर्नु उपभोक्ता वादी चिन्तनको निर्माण गर्नु त्यो असल युवा हुनु होइन ।

हामीलाई राष्ट्रले के दियो भन्ने सोच राख्छौ  भने हामी अशल यवुा होइनौं । मैले राष्ट्र र समाजलाई के दिए भन्ने ब्यक्ति नै अशल युवा हो । शारीरिक मानसिक र बौद्धिक ज्ञानको बिकास गरी अज्ञानता र मुर्खताको नास गर्नु युवा र युवतीहो । जस्ता सुकै कठिन मोडहरु पार गरी ठूला–ठूला अप्ठ्यारा चट्टानहरु तोड्दै सभ्य मानव समाज निर्माणको महान यात्रामा कत्ति पनि विचलित नभई ढुङगेयुगिन समाजलाई प्रविधि युग समाज निर्माण गर्ने ति विर युवाहरुको इतिहासलाई हामीले भुल्नुहुदैन । ति पनि हामी जस्तै युवाहरु नै हुन् भन्ने कुराको अबगत गर्नु पर्छ ।
अहिलेको नेपालमा जुन समस्या बेरोजगार गरिवी र अशिक्षाको समस्या जबर्जस्त हाम्रो अगाडी आएको छ । यसको हल गर्नको लागि हामी युवाहरु फुटेर होइन निरासा भएर होइन एक जुट भई आशा बोकेर हिड्यौं भने सजिलै पार गर्न सकिन्छ ।

बास्तवमा युवा भनेको जवान हुनु मात्रै होइन । चित्तको जागरिलो गर्नु समाजमा भएको विभेदको विरोध गर्नु सत्य र न्यायको पक्षमा वाकलत गर्ने उर्जा शक्तिको नाम हो युवा । खुट्टा लुला गर्ने युवालाई बाटो भेटिदैन हिक्मत गर्ने जजस्लाई हिमाल र पहाडले पनि रोक्न सक्दैन भने झै निरासा जिवनले उन्नति गर्न सक्दैन होस सहितको जोस भरी पाइला पाईलामा सजक भएर अगाडी हिडौं र कल्पना गरेको समाज निर्माण अवश्य सकिन्छ भन्नेकुरामा विश्वास राखौं ।

संसारमा झुट विकिरहेको बेला सत्यकुरा पनि बोल्नु पनि क्रान्तिकारी पन भन्ने भनाईलाई आत्मसाथ गर्दै न्याय स्वतन्त्रता समानता र अस्तित्वको लागि केही गर्ने हुटहुटी राखौं यहि नै युवाको दायित्व हो ।

लेखक – नेपाल समाजवादी पार्टी का कर्नाली प्रदेश अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित