पचालझरनाको नानिकोटमा ३६० घरधुरीलाई फिल्टर वितरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचाझरना गाउँ पालिका ले सरसफाईलाई विशेष जोड दिदै स्वच्छ खानेपानिका लागि विभिन्न कार्यक्रम गर्न थालेको छ ।गाउँ पालिकाको आयोजनामा पचालझरना ७ नानिकोटमा ३सय ६० घरधुरीलाई फिल्टर वितरण गरिएको छ । यस अघि वडा न. ४, ५ र ६मा वितरण गरिएको थियो भने बुधबार नानिकोटमा वितरण गरिएको वडा सचिव कृष्ण बमले जानकारी दिनु भएको छ ।

वहांका अनुसार वडा अध्यक्ष सर्पसिंह बोहराको उपस्थितिमा समुदायलाई वितरण गरिएको हो ।
वडा सचिव बमका अनुसार गाउँ पालिकाको आर्थिक वर्ष २०७६।०७७को कुल बजेट ५लाखमा ५ प्रतिशत कटाई फिल्टर ल्याइएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा आप्नो घर आप्नो आंगन भन्ने मुलनाराका साथ सरसफाईलाई पहिलो प्राथमिकतामा राखिएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।
आगामी वर्ष गाउँ पालिकाका सबै समुदायको घरमा एक घर एक धारा जडान गरी खानेपानिमा पहुंच पुगाउने गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित