भारतीय न्यूज च्यानलहरु नेपालमा रोक्ने निर्णय

7
SHARES
15
VIEWS

काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा भारतीय न्युज च्यानलहरु रोक्ने निर्णय गरेका छन्।

भारतको सरकारी स्वामित्वको दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानल रोक्ने निर्णय भएको हो। नेपालका विषयमा अतिरञ्जित सामग्री प्रचार गरेको भन्दै भारतीय न्युज च्यानल रोक्ने निर्णय गरिएको छ।

केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीलाई जोडेर भारतीय सञ्चार माध्यमहरुले भ्रमपूर्ण सामग्री प्रशारण गर्दै आएका थिए।

विदेशी च्यानल वितरकहरु डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टीभी लगायतले भारतीय न्युज च्यानलहरु रोक्न निर्णय गरेका हुन्। बिहीबार बाटै भारतीय न्यूज च्यानलहरु रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित