बन्द रहेको हिमचुलि डेरी पुन संचालन हुने

7
SHARES
15
VIEWS

कालीकोट ।  जिल्लामा लामो समय बन्द रहेको हिमचुलि डेरी पुन संचालनमा आउने भएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटले संचालन गर्दा व्यवस्थापन तथा दुध संकलनका लागि भौगोलिक कठिनाई भएपछि बन्द रहेको डेरी पुन सुचारु हुने भएको हो ।

संस्थाले यस अघि जिल्ला पशु सेवा कार्यालयबाट रु १ लाख र युवा स्वरोजगार कोषबाट रु १२ लाख गरी १३ लाखमा शुरु गरिएको थियो । तत्कालिन समयमा शुरु गरेको डेरीमा दुध अभाव भएपछि २०६८सालमा तत्कालिन अध्यक्ष काशि बरालको नेतृत्वमा दुधालु गाई ल्याएर निरन्तरता दिएको डेरीमा पछिल्लो समयमा कृषकहरुले दुध डेरीलाई भन्दा पनि घरदैलो सेवा दिने गरेपछि दुधको अभाव हुने गरेको थियो । सदरमुकाम मान्ममा डेरीमा कहिले प्रशस्त हुने तथा कहिले अभावका कारण पाउन गाहे हुने गरेको थियो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटको १५ लाखको सहयोगमा जिल्लाका दुई स्थानमा डेरी अनुदानका लागि बजेट व्यवस्थापन गरे पछि हिमचुलि डेरी पुन संचालनमा आउने र नरहरिनाथ गाउँ पालिकामा भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख प्रचण्ड खड्काले कर्नालि संचारलाई बताउनु भएको छ । वहांका अनुसार हिमचुलि कृषि सहकारी संस्थाको ६ लाख २१ हजार ५ सय र कार्यालयको अनुदान गरी जम्मा रु १५ लाख गरी २१ लाख १९ हजार ५ सय र नरहरिनाथ गाउँ पालिकाको खुलालुमा रहेको दोभान नरहरिनाथ भैसि पालन समुह द्धारा संचालन हुने डेरीका लागि समुहको ४ लाख र कार्यालयको अनुदान रु.१० लाख गरी कुल आर्थिक रु.१४ लामा डेरी संचालन आउने भएको हो ।

दुबै स्थानमा संचालनमा ल्याउन लागिएको डेरीको कुल लागत ३५लाख १९ हजार ५ सय रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख प्रचण्ड खड्का क्षेत्रिले बताउनु भएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.ले कार्यालयको भवन सम्पन्न भएपछि यहि महिनामा डेरी शुरुवात गर्ने तयारीमा रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । वहांले भन्नु भयो डेरीको लागि आवश्यक पर्ने मोटरसाइकिल देखि चिलिङभ्याट लगाएतका समाग्रि आइसकेकाले कृषकहरुका समुह गठन गरेर दुध संकलन केन्द्र स्थापना गरी छिटै संचालन गर्ने बताउनु भएको छ ।

पुन डेरी संचालन गर्दा विगतका अनुभवलाई ग्रहण गर्दै आधुनिक तथा व्यवस्थित डेरी संचालन गरेर यातायातको साधनबाट सदरमुकाम आसपासका क्षेत्रहरुबाट दुध संकलन र माग भएको ठाउँमा दुध पुगाउने योजना रहेको संस्थाले जनाएको छ ।

त्यसै गरी खुलालुमा पनि डेरी आइतवार देखि संचालनमा ल्याउन लागिएको दोभान नरहरिनाथ पशुपालन समुहका अध्यक्ष मदन विकले बताउनु भएको छ ।इतवार देखि संचालनमा ल्याउन लागिएको दोभान नरहरिनाथ पशुपालन समुहका अध्यक्ष मदन विकले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित