रास्कोटमा धमाधम बालश्रम मुक्त वडा घोषणा

7
SHARES
15
VIEWS

कालीको । रास्कोटमा वालश्रम मुक्त वडा घोषणा हुन थालेका छन । रास्कोट नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा रास्कोट नगर पालिका वडा न. २, ३ र ५लाई बाल श्रम मुक्त वडा घोषणा गरिएको हो ।

जिल्लाको रास्कोट नगर पालिकामा संचालित युनिसेफ नेपालले शैक्षिक सरोकार राख्ने क्षेत्रको प्रवद्धनका लागि थालेको कार्यक्रमले शिक्षामा गुणस्तर कायम गर्न विद्यालय र गाउँको सहकार्य गदै आएको छ । नेपाल सरकारको बाल श्रम राष्ट्रिय निवारण २०७५ देखि २०८५को गुरु योजना अनुसार स्थानिय सरकारले बनाएको स्थानिय सरकार संचालन ऐन २०७४ द्धारा स्थापित बाल बालिका सम्बन्धि ऐन २०७५को बाल श्रम मुक्त स्थानिय तह घोषणा कार्यविधि २०७७ अनुसार सो कार्यक्रम गरिएको बताइएको छ ।

रास्कोट नगरपालिकाका सबै वडामा आबश्यक मापदण्ड पुरा भएपछि नगरपालिकालाई वालश्रम मुक्त पालिका घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ । रास्कोट नगर पालिका वडा न.५ का अध्यक्ष मन तिरुवाले यस अघि सबै वडालाई बालश्रम मुक्त घोषणा गरी सकेको र बैशाख महिना भित्र पालिकालाई घोषणा गर्ने तयारी रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित