कालिकोट ।जिल्लाको पचालझरनाको लाफामा आधुनिक लिफ्ट सिचाइ आयोजना आज सम्पन्न भयको छ । आज पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगायतको टोलिले अनुगमन गरि शुरुवात गरियको छ ।
कर्नाली प्रदेश सरकार सिचाइ कार्यलयको ३५ लाख र स्थानीयको २० प्रतिसत अर्थात ७ लाख लगानिमा सम्पन्न भयको उपभोक्ता समितिका अध्यक्ष बिष्णुलाल न्यौपानेले बताउनु भयको छ । जिल्लाका अन्य ठाँउमा लिफ्ट सिचाइ असफल भय पछि नयाँ तरिकाले काम भयकोले जिल्लाको नमुना भयको बताइयको छ ।
करिब ५०० मिटर उचाइमा आज परिक्षण भयको छ । पालिका केन्द्र र लाफाको माथिल्लो क्षेत्र गरि दुई स्थानमा लिफ्ट सिचाइ संचालनमा ल्याउने उद्देश्यका साथ सुरु गरियको बताइयको छ । लिफ्ट सिचाइको लागि ८६ लाख बजेट लाग्ने अनुमान हुने बताएको छ ।
लिफ्ट सिचाइले लाफाको माथिल्लो क्षेत्रमा रहेको शुख्खा क्षेत्रलाइ राहत मिल्ने जनाइएको छ । गाउँ पालिकामा नयाँ र राम्रो काम भयकाले यस बाट फाइदा लिनुका साथी निरन्तरता दिन गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले स्थानीयलाई आग्रह गर्नु भयको छ ।
जिल्लाको नमुना कार्य भयको मा स्थानीय खुशी भयका छ्न । यस अघि पचालझरनाको बगर,रास्कोट्को नडि लगायतका ठाँउमा सम्पन्न भयपनी सुचारु भयका छैनन ।
Discussion about this post