रास्कोटमा विकास निर्माणका काममा सर्वदलिय अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । असारे विकासको चटारोले तिव्रता लिइरहेको अवस्थामा कालीकोट जिल्लामा विकास निर्माणका कामहरु दिन दोगुना रात चौगुनाले तिव्रता दिने क्रम बढे संगै अनुगमनको कामले पनि त्यतिकै तिव्रता दिइएको छ ।
जिल्लाका अधिकांस स्थानिय तहहरुमा जिल्ला समन्वय समिति र स्थानिय तहमा गठन भएको अनुगमन समितिको टोलिले अनुगमन गरेको भएपनि विकास निर्माणमा सहि ढंगले भए नभएको भन्ने बारेमा स्थानिय राजनैतिक दलहरुले पनि चासो दिएका छन ।

जिल्लामा राजनैतिक दलको तर्फबाट विकास निर्माणका कामको अनुगमन तथा निरिक्षण गर्न पहिलो पटक रास्कोट नगरपालिका सुरुवात गरेको छ । नगरपालिका भित्रका विकास निर्माणका कामहरुमा नगरपालिकामा अस्तित्वमा रहेका राजनैतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला निकायले स्थलगत रुपमा निरिक्षण गरेका छन ।

नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेपालि कांग्रेस, राष्ट्रिय जनमोर्चा र राप्रपाका प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन भएको बताइएको छ ।गत वर्ष समयमै काम गर्न नपाएर रकम फ्रिज भएको रास्कोट रंगशाला लगाएतका बहुचर्चित ठाउँहरुमा संचालन भएको योजनाको अनुगमन गरिएको  छ ।

नगरपालिका प्रमुख काशिचन्द्र बराल,उपप्रमुख तथा अनुगमन समिति संयोजक मिमसरा शाही लगाएतका जनप्रतिनिधिका साथै अनुगमन टोलिलमा राजनैतिक दलबाट सहभागि नेकपाका निर्वाचन क्षेत्र परिचालन समन्वय समितिका संयोजक जगत शाही, रास्कोट नगर पार्टी अध्यक्ष धर्मराज शाही,नेपालि कांग्रेस महिला नेतृ भावना शाही,गाउ कमिटि सभापति विर फर्साल लगाएका सरोकारवालाको उपस्थिति रहेको बताइएको छ ।राजनैतिक दलको तर्फबाट विकास निर्माणका कामको अनुगमनले सकरात्मक सन्देश दिएको नेपालि कांग्रेस महिला नेतृ भावना शाहीले बताउनु भएको छ ।

नगरको विकासमा चिन्ता भाव पैदा गरेर स्थलग रुपमा अनुगमनका साथै महत्वपूर्ण सुझाव दिनु भएकोमा नगरपालिका प्रमुख काशिचन्द्र बरालले सबैलाई धन्यावाद दिनु भएको बताइएको छ । रास्कोटमा श्रम बैंक मार्फत सबै काम हुने भएकाले समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित